११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध

बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन

बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन
अ अ+ अ-

बेनी । बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र गौरवका योजनाका रूपमा छनोट भएका सबै योजनालाई ठेक्कामार्फत कार्यान्वनय गर्न लागिएको छ । सातवटा योजनामध्ये चारवटा योजना ठेक्का सम्झौता भएर कार्यान्वनयको चरणमा रहेको र तीनवटा ठेक्का सम्झौताको चरणमा रहेको कार्यालयका असिस्टेन्ट सबइन्जिनियर चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

ठेक्का सम्झौता भएकामध्ये सिंगा तातोपानीको माथिल्लो बजार कालोपत्र गर्ने योजनाको काम अघि बढेको छ । रु ३२ लाख ९० हजार बजेट विनियोजन भएको यस योजना रु २५ लाख ६८ हजारमा श्रमजीवी निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । सम्झौताबमोजिम तातोपानी बजारभित्र ढलान र कालोपत्रको काम अघि बढेको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले जानकारी दिनुभयो ।

नगरपालिकाले सबैभन्दा धेरै प्राथमिकतामा राखेको बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकमा रु दुई करोड बजेट विनियोजन भएको छ । यसअघि नगरपालिका र प्रदेश सरकारमार्फत सडक ढलान र कालोपत्र गरी स्तरोन्नति गरिएको ठाउँबाट योजनालाई अघि बढाइने भएको छ । श्रमजीवी निर्माण सेवासँग रु एक करोड ३४ लाख ६७ हजारमा ठेक्का सम्झौता भएको यस योजनामा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरिने असिस्टेन्ट सबइन्जिनियर थापाले बताउनुभयो ।

पाँच मिटर फराकिलो बनाइने यस सडकमा नाली र पर्खालसमेत निर्माण हुनेछन् । नगरपालिकाले माहारानीथान–छाप–डाँडाखेत सडकलाई कालोपत्र र ढलान गरी स्तरोन्नति गर्न ठेक्का लगाएको छ । रु ८३ लाख ५० हजार बजेट विनियोजन भएको यस सडकखण्डको करिब चार सय मिटर सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गर्न श्रमजीवी निर्माण सेवासँग रु ५९ लाख ५९ हजारमा ठेक्का सम्झौता भएको छ ।

नगरपालिकाले बेनीबाट वडा नं ५ पुलाचौरको वडा कार्यालयलाई जोड्ने गरी अघिल्ला वर्षहरूमा समेत कालोपत्र र ढलान गरी सडक स्तरोन्नति गर्न सुरु भएको योजनालाई यस वर्षसमेत निरन्तरता दिएको छ । अर्थुङ्गे–पुलाचौर–भूतपानी सडक स्तरोन्नतिका लागि रु ८० लाख बजेट विनियोजन भएकामा रु ५९ लाख ५२ हजारमा ठेक्का सम्झौता भएको छ । बाँसबोट क्षेत्रबाट सडकलाई कालोपत्र, ढलान, नाली र पर्खाल निर्माणलगायतका काम गरेर सडक पक्की बनाइने नगरपालिकाले जनाएको छ ।

यी चारवटै सडक पूर्वाधारका योजनाको जिम्मा पाएको श्रमजीवी निर्माण सेवाले योजनाको सम्झौतालगत्तै कार्यक्षेत्रमा मेसिन, उपकरण र निर्माण सामग्रीको व्यवस्थापन गर्न सुरु गरेको जनाएको छ । “तातोपानीमा सडक कालोपत्रको काम भइरहेको छ, अन्य ठाउँमा समेत काम सुरु हुँदैछ, निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्नेगरी जनशक्ति र मेसिन उपकरणको व्यवस्थापन गर्नेतर्फ प्रयासरत छु”, निर्माण व्यवसायी बानियाँले भन्नुभयो ।

तातोपानीको कालोपत्र योजना नगरपालिकाले मात्रै सञ्चालन गरेको हो । पुलाचौर र मारानथान–छाप सडकमा गण्डकी प्रदेश सरकारको समपूरक अनुदान, बेनी–पात्लेखेत सडकमा सङ्घीय सरकारको समपूरक अनुदानको बजेटसँग नगरपालिकाले साझेदारी गरेको हो । नगरपालिकाले जामुनाखर्क माविमा बनाउन लागेको नमूना विद्यालय भवनका लागि रु एक करोड बजेट विनियोजन भएको छ भने उक्त योजनबाट चारकोठे भनव निर्माणका लागि ठेक्का सम्झौताको प्रक्रियामा छ ।

नगरपालिकाले यसै वर्ष दुई खानेपानी आयोजनालाई समेत गौरवको योजनाका रूपमा अघि बढाएको छ । बेनी–२ खवरामा खानेपानी विस्तारका लागि रु ४० लाख र वडा नं ५ पुलाचौरको पुलाडाँडा पुरुण्डी खानेपानी योजनाका लागि रु ९० लाख बजेट विनियोजन भएको छ । यी दुवै योजना सम्झौताको चरणमा रहेको कार्यालयको पूर्वाधार विकास शाखाले जनाएको छ । योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन गरिने र योजनालाई प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो ।

“नगरपालिकाबाट नियमित अनगुमन गछौँ, हरेक वडमा प्राविधिक जनशक्ति व्यवस्थापन गरेका छौँ, उपभोक्ता र निर्माण व्यवसायीमार्फत कार्यान्वयन हुने सबै योजनाको पटक–पटक अनुगमन गर्छौँ, योजनालाई गुणस्तरीय बनाउने कार्यमा हामी प्रयासरत छाँै”, उहाँले भन्नुभयो । चालु आर्थिक वर्षमा खुलामञ्चको थप पूर्वाधार निर्माणमा नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको छ । बेनी नगरप्रमुख सुरत केसीले सदरमुकामबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने मूल सडकलाई स्तरीय बनाउने र अधुरा योजनालाई पूर्णता दिनेगरी छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको बताउनुभयो ।

उहाँले साना योजनालाई उपभोक्ता समिति र ठूला योजनालाई ठेक्कामार्फत कार्यान्वयन गर्ने नगरको नीतिअनुसार नै गौरवका योजनालाई ठेक्कामार्फत अघि बढाइएको छ । नगरपालिकाले रु १० लाखभन्दा माथिका योजनालाई नगरपालिकाबाट र अन्य योजनालाई वडाबाटै सम्झौता र कार्यान्वयन गर्ने जनाएको छ । नगरपालिकाले पहिलो चौमासिकसम्म चालुतर्फ २४ दशमलव ०५ प्रतिशत र पँुजीगततर्फ ११ दशमलव ७६ प्रतिशत खर्च गरेको छ ।

पहिलो चौमासिकमा वडास्तरमा विभिन्न २४ योजनाको निर्माणकार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ९५ योजना सम्झौता भएर कार्यान्वयनको चरणमा छन् भने अझै एक सय १७ योजना सम्झौता हुन बाँकी रहेको छ । वडास्तरीय योजनाको सम्झौता र कार्यान्वयनको काम धमाधम अघि बढेको उहाँले बताउनुभयो । रासस