• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट ★   प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाए ★   संसदीय समिति नबनेसम्म सदन चल्न नदिने ‘मुड’मा विपक्षी दल ★   ‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु: उपसभामुख राना (अन्तरवार्ता) ★   न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री

गोकर्ण फरेस्ट रिसोर्टमा प्रधानमन्त्रीकी नातिनी प्रतिभाको आज बिहे हुदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठकको आज  विवाह हुँदैछ ।

विवाह समारोह गोकर्ण फरेस्ट रिसोर्टमा भै रहेको छ । । प्रतिभा को विवाह गोरखाका विज्ञानबाबु रेग्मीसँग हुन लागेको हो । उनीहरुबीच मंसिर १२ गते टीकाटालो भएको थियो ।

प्रतिभाले बेलायतबाट उच्च शिक्षा प्राप्त गरेकी हुन् भने गोर्खा घर भएका विज्ञानबाबुले अक्सफोर्ड विश्वविद्यालयबाट इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर गर्दैछन् ।