२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बडिगाड घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग



अ+ अ-

गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा दुईको मृत्यु हुने गरी भएको झडपको निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेस बागलुङले माग गरेको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र  निसीखोला गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने केही युवा सम्पर्क बाहिर रहेको घटनाप्रति कांग्रेसले ध्यानार्कषण भएको जनाएको छ । 

आज कांग्रेसले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारवाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग आग्रह गरेको छ । झडपपछि भिरबाट खसाल्दा निसीखोला–७ का अन्दाजी ३७ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाइको मृत्यु भएको छ । मृत्यु भएका कुँवर कांग्रेस जिल्ला सदस्य र दमाई सक्रिय कार्यकर्ता हुन् ।

जिल्ला सभापति दिपेन्द्रबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा कांग्रेस जिल्ला सदस्य कुँवर र सक्रिय कार्यकर्ता दमाईमाथि सुनियोजित रुपमा साङ्घातिक हमाल गरी योजनाबद्ध रुपमा हत्या गरिएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । घटनाको विषयमा विभिन्न समाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएको भिडियो र तस्बिरले प्रमाण दिएको र सुनियोजित रुपमा अपराधिक मानसिकताबाट प्रेरित भई हत्या गरेको विज्ञप्तीमा उल्लेख छ ।