२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओको पहिलो कारोबारको ओपन रेञ्ज कति ?



अ+ अ-

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १३२.९४ देखि ३९८.८२ पाउने भएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो । 

कम्पनीको आव २०७६/७७ को प्रतिशेयर नेटवर्थ रू. १३२.९४ रहेको छ । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये  कम्पनीले ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो ।

उक्त आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । जसमयध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको थियो । ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाएका थिए ।