४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एमाले नेताहरु माधव नेपाल र भीम रावल पार्टीबाट निलम्बित

एमाले नेताहरु माधव नेपाल र भीम रावल पार्टीबाट निलम्बित
अ+ अ-

काठमाडौँ — नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट छ महिनाका लागि निलम्बन गरेको छ ।

पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै साधारण सदस्यबाट नै निलम्बन गरिएको र चित्तबुझ्दो परिस्थिति नदेखिए बीचमै निलम्बनको अवधि थप गर्न सकिने जानकारी गराइएको छ । नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको पनि पत्रमा भनिएको छ । आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न निर्देश गर्दै अगाडि भनिएको छ, तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो ।

आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ ।

यसअघि पार्टीका तर्फबाट सोधिएको स्पष्टीकरणमा तपाइँले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरुसँग निरन्तर बैठक भेटघाट गर्ने तथा उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्ती सहित अहंकार र आत्मकेन्द्रित कुराहरु गर्नु भएको छ । 

स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलत्रुटीको स्वीकारोक्ती नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको समेतका आरोप लगाउँदै अगाडि भनिएको छ, तपाईंले अहिले पनि पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहनु भएको छ ।