२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा



अ+ अ-

एजेन्सी । इजिप्ट र जोर्डनका विदेशमन्त्री इराक पुग्नुभएको छ । उहाँहरु सोमबार इराक पुग्नुभएको बताइएको छ । उहाँहरुले इराकका विदेशमन्त्रीसँग छलफल गर्नुहुनेछ । उहाँहरुको यो त्रिपक्षीय बैठकले यी देशका उच्चस्तरीय नेताहरुको बैठक तय गर्ने बताइएको छ । 

इराक, जोर्डन र इजिप्टका उच्चस्तरीय नेताहरुको संयुक्त बैठक हुन लागेको र सो बैठकको तयारीका लागि उहाँहरु त्यसतर्फ लाग्नुभएको तथा इराकमा रहेका यहाँका विदेशमन्त्री समेतको छलफलबाट सो बैठक तय गरिने बताइएको छ ।

सोमबार यी तीन देशका विदेशमन्त्रीहरुको इराकको राजधानी बगदादमा छलफल भएको थियो । सो छलफलबाट पछिल्लो समयमा इराकका साथै अरु क्षेत्रीय राजनीतिका विषयमा के कसरी विकसित भइरहेको छ भन्ने बारेमा पनि छलफल भएको थियो । 

सो छलफलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँहरुले आगामी केही दिनमा नै यी तीन देशका उच्च नेताको बैठक आयोजना गर्ने बारेमा तयारी भएको बताउनुभएको थियो । 

सो त्रिपक्षीय बैठकमा तेलको पाइपलाइन, उर्जा, बिजुलीका साथै अरु आर्थिक मुद्दाहरु र क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरुमा पनि छलफल भएको पनि तीन देशका विदेशमन्त्रीले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।