२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

स्वास्थ्यका सुरक्षित मापदण्ड अपनाउन बेलायतका प्रधानमन्त्री जोन्सनको आग्रह

स्वास्थ्यका सुरक्षित मापदण्ड अपनाउन बेलायतका प्रधानमन्त्री जोन्सनको आग्रह
अ अ+ अ-

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सबै सर्वसाधारण नागरिकलाई स्वास्थ्यका सुरक्षित मापदण्ड अपनाउन अपिल गर्नुभएको छ । बेलायतमा पुनः खेलकूद र बाहिर हिँडडूलका कामहरु शुरु भएका छन् । यस्तो अवस्थामा बेलायत फेरि पनि महामारीको संक्रमण बढ्दै गएकोले यसो नगर्न भनी आग्रह गर्नुभएको हो । 

बेलायतमा छ जनासम्म मानिस बाहिर जम्मा भएर हिँडडूल गर्न, आफ्ना घर तथा सार्वजनिक पार्कहरुमा पनि सानो संख्याका मानिस जम्मा हुन र साना तिना खेलकुदहरु गर्न दिने विषयमा बेलायतमा कुराकानी भइरहेको अवस्थामा यस्तो नगर्न भनिएको हो ।

प्रधानमन्त्री जोन्सनले अहिले पनि देशमा महामारीको निकै नै अप्ठेरो अवस्था छ भन्ने कुरा सबै नागरिकले मनन गर्नुपर्ने नै बेला रहेको पनि बताउनुभएको छ । बेलायतमा जनवरीको पहिलो हप्तादेखि लगाइएको कडाइको अवस्थामा सोमबार देखि केही खुकुलो गराइएको छ । योसँगै यहाँका नागरिकहरुले सबै नै खुला भएको महसुस गरेर हिँड्न र काम गर्न नहुने उहाँले बताउनुभएको छ । 

यहाँ मार्चको ८ तारिखदेखि विद्यालयहरु खुला गरिएको छ भने पहिले लगाइएको लकडाउनमा पनि हिजो सोमबारदेखि केही खुकुलो पारिएको छ । उहाँले यसअघि बेलायतमा घरमै बसौँ भन्ने नारा अघि सारिएकोमा अब भने आफ्नो समुदायमा बसौँ धेरै टाढा हिँडडूल नगरौँ भन्ने नारा अघि सारिएको बताउनुभयो । 

बेलायतमा सोमबारदेखि गरिएको व्यवस्थामा नागरिक घरबाट बाहिर निस्किन पाउने छन् । तर ठूलो संख्यामा जम्मा हुन र धेरै टाढाको यात्रा गर्न भने पाउने छैनन् । बेलायतमा अहिले पनि कोरोनाको नयाँ प्रजातिको भाइरसको प्रकोप धेरै देखिएको छ । यहाँ दैनिक संक्रमित हुने र मृत्यु हुने व्यक्ति घटेका छैनन् ।