४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भुसालले ओलीलाई दिए जवाफः अध्यक्ष ओली कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रमाणित भयाे

भुसालले ओलीलाई दिए जवाफः अध्यक्ष ओली कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रमाणित भयाे
अ+ अ-

काठमाडौँ: नेकपा एमालेभित्र जारी विवाद तत्कालै साम्य हुने कुनै संकेत देखिएको छैन । खासगरी नेकपा एमालेका वरिष्ट नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीले ६ महिना निलम्बन गरेको भोलिपल्टै अर्थात् आज मंगलबार मूलधारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै  उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीले आफूहरुलाई शत्रु देशको नागरिकलाई झैँ व्यवहार गरेको आरोप लगाएका छन् ।

उपाध्यक्ष भुसालले महासचिव ईश्वर पोखरेलले चैत ८ गते सोधेको स्पष्टीकरणको जवाफ दिँदै  स्पष्टीकरणको जवाफ दिन जरुरी नभए पनि आफूमाथि लगाइएको गम्भीर आरोपबारे स्पष्ट पार्न पत्र लेखेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले कंगारु अदालतको अभ्यास गर्न खोजेको पनि भुसालको आरोप छ । उनले पत्रमा लेखेका छन्, ‘पार्टी कार्यालयबाट प्रेषित औपचारिक पत्रको भाषा, त्यसको गूढार्थ र तपाईंले अपनाएको प्रक्रियाले तपाईं के गर्न खोज्दै हुनुहुन्छ भन्ने स्पष्ट छ । नक्कली प्रक्रिया र प्रमाणका आधारमा कसैका विरुद्ध सुनियाजित रुपले लक्ष्यित तथाकथित न्यायिक प्रक्रियालाई कंगारु अदालत भनिन्छ । तपाईंले मागेको तथाकथित ‘स्पष्टीकरणसहित लिखित जवाफ’ ले तपाईं त्यही कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष छ, प्रमाणित छ ।’

तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको १९ पृष्ठको राजनीतिक प्रतिवेदनमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै भुसालले  ‘ममाथि लगाइएका चार वटामध्ये पहिलो आरोप तत्कालीन पार्टीका कार्यकारी अध्यक्ष ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हितविपरीत कार्य गरेको’ भन्ने छ । प्रथमतः तपाईंले आरोपित गरेको घटनामा मेरो कुनै संलग्नता छैन ।’

पत्रमा अगाडि भनिएको छ, ‘तपाईंले लगाउनु भएका आरोपहरु कति पूर्वाग्रही छन् र तपाईंका दावीहरु कति झूटा छन् भन्ने कुरा पार्टी पंक्तिलाई जानकारी गराउनु पर्ने भएकोले यो पत्र लेख्दै छु । साथै, अहिलेका समस्या केवल विधानको पालना गर्ने वा नगर्ने भन्ने मात्रै होइन तपाईंले पार्टीलाई वैचारिक तथा सैद्धान्तिक रुपमा नेतृत्व गर्न असफल हुँदै जाँदा आएका समस्या हुन् भन्ने मेरो मूल्याङ्कन पनि यहाँ उल्लेख गर्न चाहन्छु ।’

उक्त कुरामा आफ्नो संलग्नता नभएको कुरा केपी शर्मा ओली र उनको गुटका धेरै नेताहरुलाई राम्ररी थाहा भए पनि आफ्नाविरुद्ध प्रचार सामग्री बनाउन जानाजान कथा बुनिएको आरोप पनि उनले लगाएका छन् । उनले भनेका छन्, ‘त्यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा तपाईं र तपाईंको गुटका धेरै कमरेडहरुलाई राम्ररी थाहा छ । अहिले मेरा विरुद्ध प्रचारको सामग्री बनाउन जानाजान यो कथा बुनिएको छ, त्यसैले त्यो मेरा विरुद्धको निर्वस्त्र षडयन्त्र हो ।’

पार्टी स्थायी कमिटीको बैठकलाई अपमान गरेपछि, स्थायी कमिटीले गरेको सर्वसम्मत निर्णयलाई उल्लंघन गरेपछि, सचिवालयको बैठक डाक्नसमेत नमानेपछि सचिवालयका सदस्यले उक्त प्रस्ताव ल्याइएको भुसालको भनाइ छ ।

भुसालले अगाडि भनेका छन्, ‘त्यस प्रस्तावलाई पार्टीको बैठकमा छलफल गरौँ भन्ने मेरो माग थियो । बरु तपाई (हरु) लाई त्यो प्रस्ताव ‘अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण’ नै लागेको थियो भने औपचारिक बैठकमा छलफल गर्नसमेत किन इन्कार गरिएको हो भन्ने रहस्य अझै खुलेको छैन । अझ रहस्यमय त केछ भने भदौ २६ गतेको स्थायी कमिटी बैठकले पाँच वर्षसम्म तपाईं नै प्रधानमन्त्री रहने, महाधिवेशनसम्म तपाईं नै अध्यक्ष रहने, तपाईंले गर्ने ठूला निर्णयहरुमा सचिवालयको सहमति लिने भनेर गरेको निर्णयसमेत इन्कार गरेर तपाईंले प्रतिनिधिसभा विघटन गर्नु भयो । आफ्ना रहस्यपूर्ण कृत्यहरु ढाक्न तपाईंले अरुमाथि जथाभावी आरोहरु लगाउन थाल्नु भयो । त्यही मेसोमा तपाईंले मलाईसमेत आरोपित गर्नु भएको हो भन्ने मेरो दावी छ ।’

त्यस्तै भुसालले ओली सरकारको नेतृत्वमा आएपछि सरकारका आजसम्मका नीति–कार्यक्रम र बजेटहरु पार्टीका ती सोच र घोषणाविपरीत दिशामा गएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टीको नवौँ महाधिवेशनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को कार्यक्रमिक सोच अगाडि सारेको थियो । निर्वाचनमा वाम गठबन्धनले घोषणापत्र जारी गरेको थियो । तपाईं सरकारको नेतृत्वमा आएपछि सरकारका आजसम्मका नीति–कार्यक्रम र बजेटहरु पार्टीका ती सोच र घोषणाविपरीत दिशामा गए । सरकारमा जुन शक्ति र सामथ्र्यका साथ हामी गएका थियौँ त्यसको नेतृत्व गर्न तपाईं असफल हुनुभयो । सरकारका विधेयकहरु विवादित भए, मन्त्रीहरु विवादित भए, अनेक काण्डमा तपाईंको भूमिका अनुचित रह्यो, विदेश नीतिमा तपाईं अवसरवादी हुनुभयो, राष्ट्रिय अखण्डता र सार्वभौमिकताका प्रश्नलाई समेत तपाईंले निजी मामिला बनाउनुभयो, सुशासनलाई तपाईं आफैले लज्जित पार्नु भयो, सरकार र राज्यलाई आफ्नो गुटका हितको साधनका रुपमा दुरुपयोग गर्नु भयो, कैयन् अधिकारहरु आफ्नो हातमा लिनु भयो तर तिनको दुरुपयोग गर्नुभयो, यस्ता अनेक असफलतापछि संसद विघटनजस्तो अवैधानिक कदम चाल्नुभयो । यी सबै अपयशको भारी यो पार्टी र आन्दोलनलाई त बोकाउनु नै भयो, त्यतिले नपुगेर अझै के तृष्णा बाँकी रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनु हुन्छ रु तपाईं अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’

हेर्नुहोस् पूरा पत्र