२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरिकाद्वारा पौडी पोखरीको उद्घाटन



अ+ अ-

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास रचेकी गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरिन् । रियो ओलम्पिककी सबै भन्दा कान्छी खेलाडी गौरिकाले पुल्चोकस्थित हार्दिक फिट्नेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गरेकी हुन् । उद्घाटनपछि गौरिकाले पौडी पोखरीका साथै क्लबमा रहेका विभिन्न सेवाको अवलोकन पनि गरिन् ।

सानो र ठूलो गरी २ पौडी पोखरी करिब १ करोड लागतमा निर्माण गरिएको क्लबका सञ्चालक विराज विष्टले जनाएका छन् । सुविन लामा र सानो भाइ पौडेललाई प्रशिक्षकका रुपमा राखिएको छ ।

गौरिकालाई क्लबले आजीवन निःशुल्क सदस्यता प्रदान गरेको क्लबका अर्का सञ्चालक मन्दिर राणाले जानकारी दिए । त्यस्तै १३ औं सागकी स्वर्ण विजेता ट्रायथलनकी सोनी गुरुङ र पौडीकी समिरा शोभा श्रेष्ठलाई क्लबले १ वर्षका लागि निःशुल्क सदस्यता प्रदान गरेको छ ।

सन् १९९८ मा जिमखानाका रुपमा स्थापना गरिएको क्लबले आफ्नो सेवालाई विस्तार गर्दै लैजाने क्रममा पौडी पोखरी सञ्चालनमा ल्याइएको सञ्चालक विष्टले बताए । क्लबले जिमका लागि ५ जना प्रशिक्षक पनि नियुक्त गरेको छ । प्रशिक्षकहरुमा विश्व शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता श्याम श्रेष्ठ, सुवास मानन्धर, दिपेन्द्र थापा, प्राचन लामा र पूजा विष्ट छन् ।

क्लबमा साउना, स्टिम, कार्डियो, स्पा, टियामो मन्डला क्याफे, जुस बारलगातका सुविधा छन् । क्लब सञ्चालनका लागि हालसम्म करिब ६ करोड लगानी भइसकेको सञ्चालक राणाले जानकारी दिए ।