२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिदेशीय कप विजेता खेलाडीले एन्फाबाट जनही एक लाख पाउने



अ+ अ-

काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले  जनही  एक लाख पुरस्कार दिने भएको छ । 

एन्फाले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । 

दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा आयोजक नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको थियो । नेपालका लागि सञ्जोग राई र विशाल राईले एक/एक गोल गरेका थिए ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जित्न सफल रह्यो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गर्यो ।