४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

वायुु प्रदूूषण बढेपछि नागार्जुन नगरपालिकामा डोजर सञ्चालनमा रोक

वायुु प्रदूूषण बढेपछि नागार्जुन नगरपालिकामा डोजर सञ्चालनमा रोक
अ+ अ-

काठमाडौं । वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ । नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना सङ्क्रमणसमेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङलगायतका कार्य गर्न रोक लगाएको हो । 

त्यसैगरी एक सातासम्म रातको समयबाहेक अन्य समयमा ठूला मालबाहक सवारी साधन पनि चलाउन रोक लगाइएको नगर प्रमुख बस्नेतले जानकारी दिनुुभयो । मालबाहक ठूला सवारी साधन साँझ ७ देखि बिहान ५ बजेसम्म सञ्चालन हुन् पाउने छन् । नगरपालिकाले कार्यपालिकाको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सबै वडा कार्यालयलाई निर्देशनसमेत दिएको छ । नगरपालिकाले उक्त निर्णय कार्यान्वयनका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भूलाई पनि अनुरोध गरेको छ । 

वायु प्रदूूषण बढेपछि सरकारले चार दिनका लागि शिक्षण संस्था बन्द गरेको छ । शुक्रबारसम्मका लागि शैक्षिक संस्था बन्द गरिएका छन् । वायुु प्रदूूषणका कारण जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । गत शुक्रबारदेखि धुम्लिएको काठमाडाँै उपत्यकाको आकाश अझै खुल्न सकेको छैन । मौसमविद्ले ठूलो हावाहुरी र पानी नपरेसम्म वायुमण्डलमा सुधार नआउने बताएका छन् ।