४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लालपुर्जा पाएपछि घरवासी दङ्ग

लालपुर्जा पाएपछि घरवासी दङ्ग
अ+ अ-

महोत्तरी । कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग भएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने ९हाल, मटिहानी–१० का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएर दङ्ग भएका हुन् ।

“लाग्छ, जिन्दगीमा ठूलै कुरा पाएका छौँ”, बुधबार नापी कार्यालय महोत्तरी जलेश्वरले दिएको जग्गाधनी प्रमाणपुर्जा देखाउँदै मटिहानी–१ का ७० वर्षीय बिल्टु मण्डलले भन्नुभयो, “अब आफ्नै जग्गामा घर छ भन्नेमा ढुक्क भएका छौँ ।” नापी कार्यालय महोत्तरीले एक दशकअघि नापी गरिएको सिरसिया र धिरापुर बस्तीका गाउँब्लकभित्रका १६३ घरधुरी धनीलाई बुधबार जग्गाधनी प्रमाणपुर्जा प्रदान गरेपछि यी दुवै बस्तीमा खुशी छाएको हो ।

नापी कार्यालय महोत्तरीले जगाधनी प्रमाणपुर्जामा घरधनी मूलीको निधन भए पत्नीका नाउँमा र दुवै ९पति÷पत्नी० जीवित भए दुवैको संयुक्त नाउँ उल्लेख गरेपछि महिलामा पनि घरजग्गाको स्वामित्व स्थापित भएको छ । यसले महिलामा आत्म गौरव बढाएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । 

नापी कार्यालय महोत्तरीले चालु आर्थिक वर्ष २०७७/०७८ को हालसम्मको अवधिमा यसअघिका लक्ष्मीनियाँ, बलवा गाविसमा घरवासीलाई गाउँब्लकको जग्गाधनी प्रमाणपुर्जा वितरण गरी सकेको छ । पछिल्लोपटक धिरापुरसहित जम्मा ९०० जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको नापी कार्यालय महोत्तरी जलेश्वरका प्रमुख राकेशकुमार झा ‘रसिक’ ले जानकारी दिनुभयो । कार्यालयले जारी चैत महिनाभित्रै यसअघिका किसाननगर, पशुपतिनगर र मनरा गाविसका गाउँब्लकभित्रको जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने जनाएको छ ।

साविक गाउँब्लकका जग्गा नाप गरी जग्गाधनी प्रमाणपुर्जा प्रदान गर्न एक दशकअघि नै नापी टोली खटाई घरजग्गा नाप गरिएको थियो । लामो समयसम्म वितरण हुन नसकेको जग्गाधनी प्रमाणपुर्जा कार्यालयले क्रमशः वितरण गर्दै लगेको हो ।