४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चाँगुनारायणको खेल मैदानबाट अवैध रुपमा बालुवा उत्खनन

चाँगुनारायणको खेल मैदानबाट अवैध रुपमा बालुवा उत्खनन
अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेक्दार कम्पनीले मापदण्ड विपरित बालुवा उत्खनन गरिरहेको पाइएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको खेल मैदानमा ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले मापदण्ड विपरित बालुवा उत्खनन गरेको हो ।

ठेकेदार कम्पनीले नगरपालिकासँग भएको सम्झौता वितरित जमिनको लेबलभन्दा करिब २५÷३० फिट तल गएर बालुवा उत्खनन गरेको हो । करिब ९३ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको खेल मैदान २०७९ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७७ असार १७ गते आगन्जासँग सम्झौता भएको थियो ।

सो सम्झौता अनुसार ठेकेदार कम्पनीले जमिनको लेबलसम्म सम्याउने र त्यस क्रममा निस्किने माटो, बालुवा तथा अन्य निर्माण जन्य सामाग्रीको उत्खनन् र बिक्रिवितरण गर्न पाउने गरी ८ करोड ६४ लाख रुपैयाँमा जिम्मा पाएको थियो । तर, नगरपालिकासँग भएको सम्झौता विपरित ठेकेदार कम्पनीले बालुवा उत्खनन् गरिरहेको स्थानीयले बताएका छन् । स्थानीयहरुले विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर र सो वरिपरि रहेका बस्ती समेत जोखिममा पर्ने गरी सरकारी सम्पत्तीको चोरी निकासी भइरेको आरोप लगाएका छन् ।

चाँगुनारायण नगरपालिकाले पनि ठेक्दार कम्पनी आगन्जाले यसअघि पनि बारम्बार मापदण्ड विपरित बालुवा उत्खनन् गरि बिक्री वितरण गर्दै आएको स्वीकार गरेको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृत एवं सूचना अधिकारी सिद्धान्त न्यौपानेले एक महिना अघि पनि जिल्ला प्रसासन कार्यलय, भक्तपुर मार्फत उक्त कार्य रोक्न निर्देशन दिएको बताउनुभयो । उहाँले सम्झौता भन्दा बाहेक गरिएका कार्य गैरकानूनी भएको भन्दै उक्त कार्य तत्काल रोक लगाउने समेत बताउनुभयो ।

बिहीबार बिहान पनि ठेकेदार कम्पनीले करिब १० ठाउँमा जमिन भन्दा २५÷३० फिट मुनी गएर बालुवा उत्खनन् गरिरहेको थियो । तर स्थानीयको कडा विरोध पछि तत्काल ती स्थानमा डोजर लगाएर सम्याउने काम भएको थियो ।