४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

महिनावारीको प्रश्नहरु

महिनावारीको  प्रश्नहरु
अ+ अ-

आजभन्दा ४८ वर्षअघि एक बालिका दसैंका बेला महिनावारी भइन्। आमालाई भनेमा तत्कालिन संस्कृति अनुसार आमाले उनलाई १२ दिनसम्म बन्द कोठामा राख्ने भएकाले दशैं नै धरापमा पर्ने निश्चित थियो। दशैंमा पाइने नयाँ लुगा र दक्षिणाबाट वञ्चित हुने भएकाले बालिकाले महिनावारी भएको कुरा आमालाई नभनेर आफैं व्यवस्थापन गरिन्।

त्यसपछि उनले झण्डै ३ वर्षसम्म दसैं, तिहार र श्राद्धमासमेत कसैलाई भनिनन्। महिनावारी भएको बेला मन्दिर पनि गइन्।

ती बालिकाले कसरी त्यो उमेरदेखि कसैले थाहा नपाउने गरी महिनावारी व्यवस्थापन गरिन, कसरी उनलाई ‘पाप’ को डर लागेन, त्यो शायद ती बालिकाले आफैं पनि भन्न सक्दिनन्, किनभने ती बालिका म आफैं थिएँ।

तर केही महिला अधिकारकर्मीले पनि ‘महिनावारी रगत दूषित नै हो, यो बेलामा नकारात्मक ऊर्जा पैदा हुन्छ,’ भन्ने जस्ता गलत धारणाले गर्दा हाम्रो पढाई र विचार अझै १८ औं शताब्दीकै रहेको भान हुन्छ।

केही वर्षअघि भारतको केरलास्थित शाबरीमाला मन्दिरमा प्रजनन् उमेरका किशोरी र महिलालाई मन्दिरभित्र प्रवेश निषेध र अदालतले दिएको ‘प्रवेश गर्न पाउने’ भन्ने आदेशले केरलाको राजनीति तताएको थियो।

त्यहाँ भारतीय जनता पार्टीका नेता कार्यकर्ताहरू ‘हजारौं वर्षदेखि चलिआएको धार्मिक भावनालाई आदर गर्दै महिलालाई मन्दिरभित्र जान दिनु हुन्न’ भन्दै अदालतको आदेशविरूद्ध आन्दोलित भए।

‘महिनावारी हुने महिला मन्दिर पसे त्यहाँका देवता महिलाको शरीर देखेर लोभिन्छन्,’ भन्ने सोच सायद मन्दिरका पूजारी ठान्छन् होला। यही विचारले प्रजनन् उमेरका महिलालाई त्यहाँ जान दिनु हुँदैन भन्ने तर्क छ।

अर्थात मन्दिरभित्र पस्ने कुरा पनि महिलाको यौनिकतासँग जोडिएको छ। हजारौं वर्ष पहिलेको ‘ज्ञान’ अहिले अज्ञानता हो भन्ने कुरा सिद्ध भइसकेको छ, तर पूजारीहरू ‘हजारौं वर्ष अघिकै कुरा’ ठिक भन्छन्।

देवतालाई महिलाको शरीरमा लोभ लाग्छ, तर किन देवीहरू भएको ठाउँमा कुनै पनि पुरूषलाई प्रवेश निषेध गरिन्नँ। के पुरूष देवतालाई मात्र महिलाको शरीर देखेर लोभ लाग्ने हो र ? देवीहरूलाई किन लोभ नलाग्ने होला?

महिनावारी हुने महिलालाई शाबरीमाला मन्दिर पस्न नदिने धार्मिक गुरू र राजनीतिक दलका नेतालाई अहिलेको विज्ञानसँग आधुनिक शरीर विज्ञानको ज्ञान छैन भन्ने स्पष्ट छ। पहिले-पहिले १३–१४ वर्ष पुगेपछि बालिकाको रजस्वला (महिनावारी) हुन्थ्यो। प्राय ४४–४५ देखि ४९ वर्षसम्ममा महिनावारी सुकिसक्थ्यो। तर अहिले त ८–९ वर्षकी बालिका पनि रजस्वला हुन्छिन् र कोही कोही ५२, ५५ वर्षसम्मका महिला पनि रजस्वला हुन्छन्। यद्यपी यो ज्ञान नभएकाले ५० वर्ष उमेर पुगेका महिलालाई शाबरीमाला मन्दिर पस्न दिइँदोरहेछ।

रजश्वला उमेरका महिलालाई मन्दिर पस्न नदिनुको कारण के महिलाको यौनिकतालाई ध्यानमा राखिएर गरिएको होइन र? ५२ वर्षकी महिलाको महिनावारी सुकेको छैन भन्ने कुरा के शाबरीमाला मन्दिरका देवाताले थाहा हुन्न र? अनि यदि ९ वर्षकी बालिकाको महिनावारी शुरू भइसकेको भए पूजारीले के चिन्ह देख्लान्?

मन्दिर प्रवेश गरेका महिलाको शरीर देखेर लोभले देवताको ध्यान भड्किने भन्ने कुरा के पचाउन सकिने कुरा हो?

हाम्रा धार्मिक किताबले भन्छ, ‘भगवान त घटघटबासी छन्। उनी त प्रत्येक मानिसको मुटुमा छन्,’ के शाबरीमाला मन्दिरमा रहेका भगवान चाँही घटघटबासी हैनन्, के उनी रजश्वला हुने महिलाको शरीरबारे जान्दैनन्। के रजश्वला हुनु पनि उनले नै बनाएको होइन र?

पहिले-पहिले हनुमान ब्रम्हचारी भएकोले उनलाई महिलाले पूजा गर्न हुँदैन, छुनु हुँदैन भनिन्थ्यो। गायत्री मन्त्र देवीको प्रार्थनाको मन्त्र पनि महिलाले सुन्नु र पढ्नु हुँदैन, उनीहरू विटुला हुन्छन् भन्ने मानिन्थ्यो। तर समयसँगै महिलाले गायत्री मन्त्र सुन्न र पढ्न थाले। गायत्री मन्त्र कति जनाको मोबाइलमा नै छ, अहिले त। ठाउँ ठाउँमा बजिरहन्छ।

महिलाको महिनावारीलाई ‘अपबित्र’ भन्नेले ‘कामक्षा’ देवीको महिनावारीलाई चाहिँ पवित्र मान्छन्। हरेक वर्ष असार महिनामा ४ दिनको लागि कामक्षा मन्दिरको ढोका बन्द हुन्छ। किनकि, ‘देवी’ रजश्वला भएकी हुन्छिन्। ४ दिन पछि देवीले ‘महिनावारी व्यवस्थापन गर्न प्रयोग गरेको कपडा’ चाहिँ प्रसादको रुपमा सबैलाई बाँडिन्छ।

यदि कामख्या शावरीमाला मन्दिरमा जान चाहेमा के त्यहाँ प्रवेश गर्न पूजारीले देलान्? यी प्रश्नहरुको उत्तर पक्कै पनि काल्पनिक हुन्छ। कामक्षा पनि हरेक वर्ष महिनावारी हुन्छिन् भने ‘देवता’ को मन्दिरमा उनलाई कसरी प्रवेश दिने?