२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः लेन्सको पोस्टमा आधा दर्जन गोल हान्दै आर्सनल नकआउट चरणमा



अ+ अ-

एजेन्सी । इंग्लिस फुटबल क्लब आर्सनल च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको समूह चरणको खेलमा आर्सनलले फ्रेन्च क्लब लेन्स एफसीलाई ६–० गोलले पराजित गर्दै अन्तिम–१६ मा स्थान सुरक्षित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनलले खेलको पहिलो हाफमै ५ गोल गरेको थियो । आर्सनलको सहज जितमा काई हाभट्र्जले १३, गाब्रियल जेससले २१, बुकायो साकाले २३, गाब्रियल मार्टिनेलीले २७, मार्टिन ओडेगार्डले ४५.१ तथा जर्गिन्होले ८६ औं मिनेटमा (पेनाल्टी) गोल गरे ।

समूह बी कै अर्को खेलमा पिएसभीले सेभियालाई ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो ।