६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समलिंगी विवाह दर्ता: माया गुरूङ (रामबहादुर) र सुरेन्द्र पाण्डे पहिलो जोडी



अ+ अ-

काठमाडौं । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको औपचारिक रूपमै विवाह दर्ता गर्ने व्यवस्था भएको छ।

सर्वोच्च अदालतको अन्तरिम आदेश काठमाडौं जिल्ला अदालतले नमाने पनि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समलिङ्गी विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र जारी गरेको छ।

सर्वोच्च अदालतको १२ असार २०८० को आदेशलाई सम्मान गर्दै जारी भएको यस परिपत्रले नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीहरूलाई स्थानीय निकाय मार्फत नै विवाह दर्ता गर्ने बाटो खुलेको छ।

माया गुरुङ र सुरेन्द्र पाण्डेको अथक प्रयासले यो ऐतिहासिक उपलब्धि सम्भव भएको मायाको पहिचान नेपालका सल्लाहकार सुनिलबाबु पन्तले जानकारी दिनु भयो ।

पन्तका अनुसार माया गुरुङ (रामबहादुर गुरुङ)र सुरेन्द्र पाण्डे आफ्नो विवाह दर्ता गर्नका लागि दोर्दी गाउँपालिका लमजुङ जाँदै हुनुहुन्छ। त्यहाँको स्थानीय निकायबाट पनि उहाँहरूको पहिलो ऐतिहासिक समलिङ्गी विवाह दर्ता प्रक्रियामा सौहार्दपूर्ण सहयोग हुने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो ।