४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कर्णाली प्रदेशमा एमाले बाहिरियो, मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन

कर्णाली प्रदेशमा एमाले बाहिरियो, मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन
अ+ अ-

वीरेन्द्रनगरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दल कर्णाली प्रदेशको आइतबार बसेको बैठकले  सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा  दिन निर्देशन दिएको छ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षधर सांसदहरु पनि सहभागी बैठकले मन्त्रीहरुलाई राजीनामा गराउन निर्देशन दिएको थियो ।

संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले ‘तीन जना मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएकोे थियो । 

नेकपा एमालेको उक्त निर्णयपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद धरापमा परेको छ ।  ४० सदस्यीय प्रदेशसभामा शाहीको दल माओवादी केन्द्रको १२ सांसद (१३ मध्ये एमाले प्रवेश गरेका धर्मराज केसीलाई कारबाही गर्ने निर्णय भइसेको छ) छन् । सबभन्दा ठूलो दल एमालेका २० सांसद छन्, जसमध्ये राजबहादुर शाही सभामुख छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।

बैठकमा सहभागी एक सांसदले पार्टीको निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता जनाएको बताए । 

संसदीय दलका नेता यामलाल कंडेलले गत चैत ४ गते भएको निर्णय अनुसार नै पार्टी अघि बढेको जानकारी दिए । उनले आजको बैठक सौहार्दपूर्णरुपमा सम्पन्न भएको र अर्को बैठक आगामी चैत २४ गते बस्ने तय भएको बताए । 

बैठकले दलको विधान निर्माणको लागि समिति बनाएको छ । प्रमुख सचेतक गुलावजंग शाहको संयोजकत्वमा करवीर शाही र मिना रखाल सदस्य भएको कार्यदल बनाइएको हो । २४ गतेको वैठकमा समितिले विधान पेश गर्नेछ ।

नेकपा एमालेले चैत ५ गतेदेखि लागू हुनेगरी सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेकाले अविलम्ब मार्गप्रशस्त गर्नका लागि आग्रह गरिएको छ ।

दलका नेता कंडेलले नेकपा एमाले संसदीय दलले समर्थन फिर्ता लिइसकेको अवस्थामा बाँकी रहेका दलहरु मिल्दा पनि संख्या नपुग्ने देख्दादेख्दै विश्वासको मत लिन्न भन्ने कुराले राजनीतिमा राम्रो गर्दैन भन्दै त्यसले समयको वर्वादी र विलम्ब मात्रै हुने बताए ।

कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सरकारमा सहभागी छन् ।