२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताहरुमा धम्कीको भाष्य किन बढेको होला !



अ+ अ-

एक जना मेडिकल व्यवसायी, जो दुई ठूला हौं भन्ने कम्युनिष्ट नेताले पुल्पुल्याएर हुर्काएका व्यक्ति पनि हुन्, उनले ८-१० हजार (सरकारी तथ्याङ्क अनुसार) मानिस सडकमा उतारेर नेताहरुको विरोध के गरेका थिए, तिनै नेताहरु ती मेडिकल व्यवसायीलाई राजाले उक्साएको भनेर राजाउपर धम्कीको भाषा प्रयोग गर्न उद्यत देखिंदैछन् ।

नेताहरुले आआफ्नो दलको समर्थन गरुञ्जेल त्यही व्यक्ति असल, विश्वासिलो र दलको उच्चस्तरको सदस्य भनेर अर्को विरुद्ध उक्साउने गरेको देखिएकै हो । अहिले तिनै नेताहरुको विरोध गर्दा व्यवस्था विरुद्ध राजाले उकासेको भनेर आरोप लाउनु नेताहरुमा देखिएको विचलन मात्र हो वा कुशासन र भ्रष्टाचारको बचाउको लागि जनताको ध्यान अन्यत्र मोड्ने चालवाजी हो ? जनस्तरबाट यसको सुक्ष्म मूल्याङ्कन हुनु जरुरी छ ।

कम्युनिष्ट हौं भन्नेहरुको चरित्र नै तल्लो स्तरको उग्र गालिगलौज गर्नु र उग्रहरुलाई उकासेर आफ्ना विरोधीहरुप्रति आक्रामक प्रस्तुति गर्न लगाउनु हो, जुन नेपालले निकै लामो समयदेखि भोग्दै आएकोछ । कम्युनिष्ट नेता तथा कार्यकर्ताको गाली र धम्की महात्म्य सिकेर होला आजकल धेरै मानिसहरु उग्र हुन थालेको देखिन्छ ।

अव त प्रजातन्त्रका हिमायती हौं भन्नेहरुले पनि कम्युनिष्टहरुको चरित्र अनुरुप हाँक र धम्की दिंदै राजालाई पार्टी खोलेर चुनाव लडेर देखाउन (२०४८ सालको चुनावताकाको भाषणको नक्कल) चुनौती दिन थालेछन् ।

प्रजातन्त्रको मान्यता अनुरुप सानातिना विरोधलाई संविधान र कानुनको सीमाभित्र रहेर व्यवस्थापन गर्ने, गराउने र त्यस्ता विरोधले ठूलो रुप लिएमा त्यसरी उठाइएका मुद्धालाई जनतासमक्ष लगेर जनमत अनुसार गर्ने हो, नकि स्यालको हुइयाँ मच्चाउने हो ।

अहिलेको समस्या भ्रष्टाचार र कुशासन हो । तीन ठूला दलले चाहेमा कुशासन हटाएर जनताको विश्वास जित्न सक्ने पर्याप्त शक्ति पनि छ । तर यी तीन दलका वर्तमान मुख्य नेताहरुबाट यसरी कुशासन हटाउने सम्भावना अत्यन्त कम देखिन्छ । कुशासनमा यसरी नै लागिरहने हो भने जनताले विकल्प खोज्छन्, त्यो पनि निश्चित हो । जनताले मिसन २०८४ सम्म पर्खिन पनि सक्छन् र त्यस अगाडि नै कदम चाल्न पनि सक्छन् । तर जनताले प्रजातन्त्रको विकल्प खोज्ने सम्भावना भने छैन ।

कुशासनका हिमायती भ्रष्ट नेता र शासकहरुको दुर्गति कसरी हुन्छ भन्ने उदाहरण विश्वका विभिन्न देशहरुमा देखिने गरेकै छन् ।