२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलिको गल्फ प्रतियोगिता जित्नेलाई हेलिकप्टरबाट गोसाईकुण्ड शयर गराइने



अ+ अ-

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पहिलोपल्ट आयोजना गर्न लागेको ‘सलिको गल्फ प्रतियोगिता—२०२३ मा पुरुषतर्फ विजयी हुने खेलाडी र उनको पत्निलाई हेलिकप्टरबाट गोसाईकुण्डको शयर गराउने भएको छ ।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनी एक भएपछि पहिलोपल्ट यो प्रतियोेगिता आयोजना गर्न लागिएको हो ।

यही मंसीर १५ र १६ गते रोयल नेपाल गल्फ क्लव, एयरपोर्ट सिनामंगलको खेल मैदानमा खेलाइने सो प्रतियोगिताबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।

रोयल नेपाल गल्फ क्लबका कप्तान मिथुन राईले प्रतियोगिताको १६ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको बताउँदै सो प्रतियोगितामा पुरुष, महिला, जुनियर गल्र्स र जुनियर ब्वाइज खेलाडीको सहभागिता रहने जानकारी दिए । प्रतियोगिता सिनीयरतर्फ १८ होलमा र जुनियर तर्फ ९ होलको हुनेछ ।

पत्रकार सम्मेलनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले नेपाली गल्फ खेलको विकासमा टेवा पुर्‍याउने र नयाँ पुस्तालाई गल्फ खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

सो कम्पनीकी उप—प्रमुख कार्यकारी निर्देशक बरिष्मा आचार्यले नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले आफूहरुले गल्फको साथै फुटबल लगायतका खेलमा लगानी गर्दै आएको बताइन् ।