२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलिको गल्फ प्रतियोगिता जित्नेलाई हेलिकप्टरबाट गोसाईकुण्ड शयर गराइने



अ+ अ-

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पहिलोपल्ट आयोजना गर्न लागेको ‘सलिको गल्फ प्रतियोगिता—२०२३ मा पुरुषतर्फ विजयी हुने खेलाडी र उनको पत्निलाई हेलिकप्टरबाट गोसाईकुण्डको शयर गराउने भएको छ ।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनी एक भएपछि पहिलोपल्ट यो प्रतियोेगिता आयोजना गर्न लागिएको हो ।

यही मंसीर १५ र १६ गते रोयल नेपाल गल्फ क्लव, एयरपोर्ट सिनामंगलको खेल मैदानमा खेलाइने सो प्रतियोगिताबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।

रोयल नेपाल गल्फ क्लबका कप्तान मिथुन राईले प्रतियोगिताको १६ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको बताउँदै सो प्रतियोगितामा पुरुष, महिला, जुनियर गल्र्स र जुनियर ब्वाइज खेलाडीको सहभागिता रहने जानकारी दिए । प्रतियोगिता सिनीयरतर्फ १८ होलमा र जुनियर तर्फ ९ होलको हुनेछ ।

पत्रकार सम्मेलनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले नेपाली गल्फ खेलको विकासमा टेवा पुर्‍याउने र नयाँ पुस्तालाई गल्फ खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

सो कम्पनीकी उप—प्रमुख कार्यकारी निर्देशक बरिष्मा आचार्यले नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले आफूहरुले गल्फको साथै फुटबल लगायतका खेलमा लगानी गर्दै आएको बताइन् ।