२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान

कोसोभोको राष्ट्रपतिमा भिजोसा ओस्मानी निर्वाचित

कोसोभोको राष्ट्रपतिमा भिजोसा ओस्मानी निर्वाचित
अ अ+ अ-

प्रिस्टिना । कोसोभाका लोकप्रिय नेता भिजोसा ओस्मानी आइतबार राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । शनिबारको संसद बैठक विपक्षीले बहिस्कार गरेपनि आइतबार सांसदहरुले ओस्मानीलाई निर्वाचित गरेका हुन् ।  

कानुनका प्राध्यापक ३८ वर्षीय ओस्मानीले संसदमा उपस्थित ८२ जना सांसदमध्ये ७१ मत प्राप्त गर्नु भएको थियो । संसदका सभामुख गाउलक कोन्जुफ्काले ओस्मानी संसदबाट निर्वाचिन भएको घोषणा गर्नु भएको थियो । कोसोभोको संसद १२० सदस्यीय रहेको छ ।

नवनिर्वाचित राष्ट्रपति ओस्मानीले कोसोभोमा कानुनी शासनका लागि आफूले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूले कोसोभाका सबै नागरिकका लागि काम गर्ने बताउनुभयो ।

ओस्मानीलाई प्रधानमन्त्री अल्बिन कुर्तीले पनि समर्थन जनाउनु भएको थियो । कोसोभोको संसदमा पूर्व कोसोभो लिबरेसन आर्मी ९केएलए० को बर्चश्व रहँदै आएको छ । केएलएले स्वतन्त्र मुलुक निर्माणका लागि सर्बियाली सैनिकसँग भिषण युद्ध लडेको थियो ।

राष्ट्रपति ओस्मानी र प्रधानमन्त्री कुर्तीले कमजोर अर्थतन्त्रलाई माथि उकास्नुपर्ने गम्भीर चुनौती छ । कोसोभाका नागरिकको औसत मासिक ज्याला ६०० डलरभन्दा कम छ भने युवा बेरोजगारी करिब ५० प्रतिशत छ ।

कोसोभाका धेरै युवा कामको खोजीमा स्वीट्जरल्यान्ड र जर्मनीतर्फ पलायन भएका छन् । ओस्मानी र कुर्ती दुबैले चुनावताका बढी न्यायपूर्ण समाज र रोजगारी सिर्जनामा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

यसैबीच, सर्बियाले कोसोभोको स्वतन्त्रतालाई अझै मान्यता नदिएका कारण सीमाक्षेत्रमा तनाव साम्य भइसकेको छैन । कोसोभामा सर्बियाली मुलका नागरिकको बसोबास छ, र उनीहरु अल्पमतमा छन् ।
कोसोभाका राष्ट्रपति हाशिम थाचीमाथि दी हेगस्थित अन्तर्राष्ट्रिय अदालतले युद्ध अपराधमा मुद्दा चलाएपछि राजीनामा दिनु भएको थियो । 

युरोपेली युनियन र संयुक्तराज्य अमेरिकाले क्षेत्रीय तनाब मत्थर गर्ने उद्देश्यले कोसोभोको नयाँ सरकारमाथि सर्बियासँग वार्ता शुरु गर्न दबाब दिने सम्भावना छ । (रासस–एएफपी)