४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पछिल्लो विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा – अध्यक्ष मिश्र

पछिल्लो विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा – अध्यक्ष मिश्र
अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । 

सोमबार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अहिलेको राजनीति जुन किसिमबाट अगाडी बढीराखेको छ त्यो अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गर्नुभएको हो । 

अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हित विपरित भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडी बढीराखेको छ त्यो अत्यन्त निन्दनीय छ । त्यो अत्यन्त लज्जास्पद छ । यो देशको स्वाभिमानको हित विपरित छ । यो राष्ट्रहित विपरित छ ।’

संविधानले तय गरे अनुरुप सुसंस्कृत रुपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको पनि बताउनुभयो । तर अहिले जे भइराखेको छ त्यो संविधानको विपरित भइराखेको बताउँदै अध्यक्ष मिश्रले दलहरुले संविधानको सम्मान गर्न सक्नुपर्ने बताउनुभयो । त्यसबाट मात्रै सुसंस्कृत राजनीति स्थापित गर्न सकिने पनि बताउनुभयो । 

अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्ष देखि नै धरमराईरहेको टिप्पणी समेत गर्नु भएको छ  । नेपालको लोकतन्त्रलाई संस्थागत गर्न ७० वर्षदेखि प्रयास भइरहेपनि अहिले पनि धरमराईरहेको स्थितिमा लोकतन्त्र रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘७० वर्ष देखि नेपालको राजनीतिमा निरन्तर देखिएको समस्या भनेको भ्रष्ट्राचार हो, असक्षमता हो, सुशासनको अभाव हो, दुरदर्शिताको अभाव हो । 

यी सबै अभावहरु र त्यसको साथमा समाजमा विद्यमान विभेद र सिमान्तकृतहरुले जस्ता किसिमका अधिकारहरुको उपभोग गर्न पाउनुपथ्र्यो तीनको अभावहरु फेरी आफ्नो ठाउँमा छ । ७० वर्ष भइसक्यो नेपालमा लोकतन्त्रलाई संस्थागत गर्नको लागि प्रयास भइराखेको अहिले पनि हेर्नेहो भने लोकतन्त्र धरमराएकै स्थितिमा हो । त्यो संस्थागत भइसकेको स्थितिमा होइन । यो नेपाली राजनीतिको बिडम्बना हो । 

नेपाल जस्तो देशमा यति लामो अवधिसम्म राजनीति बदलिनु, बारम्बार बदलिनु, २० वर्षमा बिसौं सरकार बदलिनु तर आम नेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष हो ।’

उहाँले आफ्नो दलले देशभरका नागरिको सामाजिक जीवनको अधिकार, मर्यादाको अधिकार, शिक्षा स्वास्थ्यको अधिकार सुनिश्चित गर्न चाहेको पनि प्रष्ट पार्नुभयो । यी विषयहरु सुनिश्चित नहुँदासम्म नेपालको राजनीति अस्थिर रहने पनि बताउनुभयो ।

यस्तै देशभित्रै रोजगारी सिर्जना गर्नु चुनौतिपूर्ण विषय बनेको बताउनुभयो । वैदेशिक रोजगारीका लागि सम्झौता हुँदा हात मिलाएर खुसि मनाउने मन्त्री र राजनीतिक दलहरुबाट देशभित्रै रोजगारी सिर्जना गर्ने कुराको कल्पना समेत गर्न नसकिने बताउनुभयो । 

उहाँले भन्नुभयो ‘रोजगारीको विषय यति महत्वपूर्ण छ । देशका नागरिकहरु बेच्नमा हामी गर्व गर्छौं । श्रम सम्झौता हुँदा हाँसीहाँसीकन मन्त्रीले हात मिलाएको फोटोहरु हामी सबैले देख्न पाउँछौं । त्यो त लज्जाको विषय हो नी । देशको श्रमशक्ति बेचेर अनि त्यसमा खुसि मनाउने त्यो होइन ।’

अर्थतन्त्रलाई उद्देलित गर्न सक्षम र इमान्दार व्यक्तिले मात्रै सक्ने र त्यसबाट मात्रै रोजगारी सिर्जना हुन सक्ने पनि अध्यक्ष मिश्रले बताउनुभयो ।