१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगमा आज धनगढी र वीरगञ्ज भिड्दै



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज आइतबार एक मात्र खेल हुँदै छ ।

आजको खेलमा साबिक उपविजेता धनगढी एफसीले नवप्रवेशी वीरगञ्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

दुबै टोली जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छन् । यसअघि शनिबार भएको खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० गोलले तथा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।