काठमाडौ । भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी पहाडी र तराई क्षेत्रमा धक्का महसुस भएको छ।
सोमबार राति ९ बजेर ५ मिनेटमा सिक्किमलाई केन्द्रबिन्दु बनाएर गएको ५.६ रेक्टर स्केलको भूकम्पको धक्का पूर्वी क्षेत्रको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ।











