४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बेत्रावती-गोसाइकुण्ड रणनीतिक सडक निर्माणमा सांसद आचार्यको योगदान

बेत्रावती-गोसाइकुण्ड रणनीतिक सडक निर्माणमा सांसद आचार्यको योगदान
अ+ अ-

रसुवा । नेपाली काँग्रेसको तर्फबाट रसुवा जिल्लाबाट निर्वाचित सांसद मोहन आचार्यको पहलमा नुवाकोटको बेत्रावतीदेखि रसुवाको गोसाइकुण्डसम्म रणनीतिक सडक निर्माण हुने भएको छ । प्रतिनिधीसभा सदस्य आचार्यको पहलमा बेत्रावती, कालिकास्थान, स्याउवारी, लोकिल, वेताङ, आरुखर्क, लाङ्बु, थाङ्दोर, सिमबन्दी हुँदै गोसाइकुण्ड जाने सडक रणनीतिक सडक आयोजनामा समावेश भएको हो । 

सांसद आचार्यले विस २०७६ माघ १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई उक्त सडकलाई रणनीतिक सडक निर्माणका लागि पहल गर्न आग्रह गर्दै निवेदन दिनु भएको थियो । सोही पहलपछि यो आयोजना रणनीतिक सडकमा समावेश भएको हो । “समृद्ध रसुवा, सुखी रसुवाबासी निर्माणका लागि आफुले योगदान गरिरहने सांसद आचार्यले बताउनु भयो । 

सांसद आचार्यले विस २०७६ माघ २८ मा भौतिक पूर्वाधार तथा यातायात सचिवलाई पत्र लेख्दै कालिकास्थानको शहिद पार्क निर्माण, सातदोवाटो, ठूलोगाउँ, हाकु, गत्लाङ सडक तथा स्याउबारी, आरुखर्क हुँदै गोसाइकुण्ड सडकका लागि बजेट थप गर्न समेत संम्बन्धित निकायमा पत्राचार गर्नु भएको छ । उता, बोगटिटार हुदै नौकुण्ड जाने सडक मा केहि समय अघि मात्रै ४ वटा पक्कि पुलको टेन्डर भैसकेको छ । ती पुलको निर्माण तोकिएको समयमै हुने सांसद आचार्यले जानकारी दिनुभयो । 

उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्सालले जनप्रतिनिधिको जिम्मेवारी र कर्तव्य पूरा गर्ने सम्बन्धमा मोहन आचार्यको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभयो । रसुवामा पनि विकासमा पछाडी परेको नौकुण्ड गाउँपालिकामा ग्रामिण बस्ति हुँदै गोसाईकुण्ड जाने मोटर बाटो बन्दा यस क्षेत्रको विकास र रसुवाकै विकासमा ठूलो योगदान पुग्ने स्थानीय जनप्रतिनिधि नौकुण्ड गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष धर्म तामाङले बताउनुभयो । 

यो रणनितिक सडकले यस क्षेत्रको जनजीवन सहज हुनुका साथै पर्यटन प्रबर्धनमा समेत उल्लेखनिय योगदान दिने हुदा यस क्षेत्रको सामाजिक आर्थिक विकासमा समेत यसले सहयोग पुर्याउने स्थानीय वागेल थोक्राले बताउनुभयो । उक्त सडक निर्माणकालागी ६० करोड रुपैयाँ बजेट विनियोजन समेत भै सकेको भन्दै प्रदेश सभासद प्रेम तामाङले सांसद मोहन आचार्यको निरन्तरको प्रयासबाट यो सम्भब भएको बताउनुभयो ।