६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची News Polar एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने News Polar घुम्ती गोठमा रमाएका टीकाजीत News Polar शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी बाढीपीडितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता News Polar सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन

चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले सञ्चालन गर्दै

चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले सञ्चालन गर्दै
अ+ अ-

काठमाडौं । चोभार सुख्खा बन्दरगाह निजी साझेदारी (पि.पि.पि.) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ ।

विश्‍व बैंकको डेढ अर्ब रुपैयाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले ट्रान्स नेपाल फ्रेट सर्भिसेजलाई दिएको छ । समितिले गत साउन ९ गते टेण्डर आह्‍वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको लागि अनुमति दिएको हो ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्राविधिक मूल्यांकनमा ट्रान्स नेपालले बन्दरगाह सञ्चालनको जिम्मा पाएको बताउनु भयो । उहाँले सरकारले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ र टर्मिनल सट्टा बहालमा दिने सम्बन्धी, २०७० मा पोर्टहरू कम्पनीमार्फत सञ्चालन तथा व्यवस्थापन गराउने र नियमन समितिले गर्ने उल्लेख भए बमाजिम निजी क्षेत्रलाई सञ्चालन गर्न दिएको बताउनु भयो । उहाँले सुख्खा बन्दरगाह सञ्चालन निजी क्षेत्रले गर्ने विश्वव्यापी प्रचलन रहेको बताउनु भयो । उहाँले चोभार सुख्खा बन्दरगाह सञ्चालनमा मासिक रुपमा १६ लाख रुपैयाँ खर्च हुने गरेको बताउनु भयो ।

उहाँले बन्दरगाहको मासिक आम्दानी भने ५ देखि ६ लाख रहेको भन्दै अब निजी क्षेत्रले सञ्चालनको जिम्मा पाएपछि बन्दरगाहको सञ्चालन व्यवस्थापन र मर्मत सम्भार उसैले गर्ने बताउनु भयो । निर्देशक गजुरेलले बन्दरगाहमा लाग्ने सरकारको १० देखि ११ लाख रुपैयाँको खर्च अब निजी क्षेत्रले नै गर्ने बताउनु भयो । उहाँले पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्युनतम सट्टापट्टा बहाल र नियमानुसार महशुल बाँडफाँड गर्नेगरी सम्झौता भएको बताउनु भयो । उहाँले साढे एक वर्षसम्म सरकारले सञ्चालन गरेको अनुभव हेर्दा सरकारले पाँच वर्षमा २ करोड ८८ लाख पाएकोमा गर्व गर्नुपर्ने बताउनु भयो । उहाँले काठमाडौं तराई दु्रत मार्ग नबनेसम्म चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन आउन नसक्ने विषयलाई सरकारले स्वीकार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई सञ्चालन गर्न दिनु राज्यको लागि पनि राम्रो भएको बताउनु भयो ।

उहाँले बन्दरगाहलाई अहिले दुई भागमा छुट्याएर सञ्चालनमा ल्याएको बताउनु भयो । उहाँले चोभार भन्सार नयाँ सवारी साधनहरुको भन्सार जाँचपास गर्ने हबको रुपमा विकसित भएको बताउनु भयो । उहाँले अहिले पनि भन्सार पासको लागि ९० वडा सवारी साधन बन्दरगाहमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सुख्खा बन्दरगाह सञ्चालन व्यवस्थाले इन्टरमोडल यातायात समितिले नै बन्दरगाह सञ्चालन गर्न पाउँदैनौं । जबसम्म सरकारले बन्दरगाहमा ट्राफिक फोरकाष्ट गर्न सक्दैनौं । सञ्चालक समितिको निर्णयबाट स्टक ग्याम ओरेजमेण्ट भनेर केही समयको लागि चलाउँछौं । ठेक्का प्रणालीमा कसरी जाने र मिनिमम रेट कति राख्ने भन्ने विषयमा क्यालकुलेटर गर्नसक्ने भएपछि टेण्डर प्रक्रियामा गएर कम्पनी छनोट गरेर उहाँहरुमार्फत बन्दरगाह सञ्चालन गर्ने हो । विश्वव्यापी प्रचलन हेर्नुहुन्छ भने बन्दरगाहहरु निजी क्षेत्रमार्फत नै सञ्चालन भइरहेका छन् । चोभार सञ्चालनमा मासिक रुपमा १६ लाख रुपैयाँ खर्च छ । बन्दरगाहको मासिक आम्दानी भनेको ५ देखि ६ लाख हो । निजी क्षेत्र आएपछि निजी क्षेत्रले नै सञ्चालन व्यवस्थापन र मर्मतसम्भार गर्छ । सरकारको १० देखि ११ लाख रुपैयाँको खर्च छ । त्यो पनि निजी क्षेत्रले गर्छ । त्यसमा पाँच वर्षमा २ करोड ८८ लाख दिन्छ भनेपछि गर्व गर्नुपर्ने काम गरेका छौं । साढे एक वर्ष सञ्चालन पछिको कुरा के हो भने जबसम्म काठमाडौं तराई दु्रत मार्ग बन्दैन तबसम्म चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन आउन सक्दैन । यो कुरालाई सरकारले स्वीकार गर्नुपर्छ । निजी क्षेत्रलाई सञ्चालन गर्न दिएको काम राज्यको लागि हो । लजिकसहित हामी अगाडि बढ्छौं । राज्यलाई फाइदै फाइदा भएका छन् । बन्दरगाहलाई अहिले दुई भागमा छुट्याएरका छौं । एकतिर आन्तरिक र अर्कोतिर भन्सार जाँचपासको लागि चलाएका छौं । चोभार भन्सारलाई नयाँ सवारी साधनहरुको भन्सार जाँचपास गर्ने हबको रुपमा विकसित भएको छ । अहिले पनि भन्सार पासको लागि ९० वडा सवारी साधन बन्दरगाहमा बसेका छन् । त्यो राम्रो पक्ष छ । त्यो बाहेक हरेक दिन ३ वटासम्म भन्सार पासको लागि सवारी साधन आइरहेका छन् ।’

निर्देशक गजुरेलले समितिले चलाउन पाउने नियम नभएको र पनि सञ्चालक समितिले विशेष निर्णय गरेर हालसम्म चलाइरहेको बताउनु भयो । उहाँले बन्दरगाहमा ट्राफिक प्रक्षेपण (गाडी वा कन्टेनर आउने संख्याको अनुमान) गरेर निजी क्षेत्रलाई सञ्चालन गर्न दिइएको बताउनु भयो ।