६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कपः कर्णालीलाई हराउँदै बागमती सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । बागमती प्रदेश पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेशले सेमिफाइनलमा स्थान बनाएको हो ।

बागमती प्रदेशले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७.३ ओभरमा ९९ रनमै समेटियो । कर्णालीलाई सस्तोमै समेट्न बागमतीका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए ।

यस्तै, प्रतिश जिसी, रिजन ढकाल, सुभाष खत्री र इशान पाण्डेले १–१ विकेट लिए । कर्णालीका लागि कप्तान रविन्द्र शाहीले २०, अर्जुन घर्तीले २४, बिपिन शाहीले २१ र दीपेन्द्र रावतले १२ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि रित गौतमले ८२ र इशान पाण्डेले ७० रनको योगदान दिए । प्रतिश जिसीले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारी र प्रकाश जैसीले ३–३ विकेट लिए ।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई १०९ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको थियो ।

प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार दिइनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार र ‘म्यान अफ दि म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउनेछन् ।