६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमादमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता सुरु



अ+ अ-

दमौली । तनहुँको भिमाद नगरपालिका–६ मा बिहिबारदेखि भिमाद अर्ना कप फुटबल प्रतियोगिता सुरु भएको छ । भिमाद युवा क्लबको आयोजनामा हरिबोधनी एकादशीको अवसर पारी फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख दधिराज सुवेदीले खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । खेलकुदको विकासका लागि पूर्वाधार निर्माणलाई आफूले प्राथमिकतामा राखेको उनले बताए ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्लागण्डकी युवा क्लब, नेपाल युनाइटेड युके, सङ्गम फुटबल क्लब, ज्योतिपुञ्ज युवा क्लब, युवा क्लब भिमाद, दिगो युवा क्लब भोटेपानी, डेडगाउँ फुटबल क्लब, युवा क्लब भिमाद (निलो), तनहुँ एघार, ढुकुरपोखरी युवा सञ्जाल, देवदह ब्वाइज रुपन्देही र एलजी एशोसिएसनले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले रु दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले रु एक लाख एक हजार एक सय ११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई रु १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फर्वाड र डिफेन्डरलाई रु पाँच–पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक ज्ञानेन्द्र गुरुङले जानकारी दिए ।

भिमाद नगर उद्योग वाणिज्य सङ्घको सहआयोजना र भिमाद नगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका निम्ति रु २५ लाख विनियोजन गरिएको छ ।

यसैबीच फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी युवा क्लवले विजयी सुरुवात गरेको छ । नेपाल युनाइटेड युकेलाई २–१ गोल अन्तरले पराजित गर्दै शुक्लागण्डकी क्वाटर फाईलनमा प्रवेश गरेको छ ।