७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

मंसिर ७ गते ढुक्क भएर दैनिक कार्य गर्न नेपाल प्रहरीको आग्रह

मंसिर ७ गते ढुक्क भएर दैनिक कार्य गर्न नेपाल प्रहरीको आग्रह
अ+ अ-

काठमाडौँ । मंसिर ७ गतेको बिरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।

मंसिर ७ गते नेकपा एमालेको भ्रातृ संगठन नेपाल युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले गर्ने बिरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताउनुभएको हो । उहाँले बिरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको बताउनु भयो । उहाँले नागरिकहरुलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन आग्रह गर्नुभयो ।

उहाँले यातायातको आवागमनमा भने केही समस्या भएपनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने बताउनु भयो । उहाँले मंसिर ७ गतेको प्रदर्शनमा प्रहरी प्रशासन प्रभावकारी रुपमा अघि बढ्ने गरी योजना बनाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विशेष गरेर दुई समूहले फरक फरक ठाउँमा काठमाडौंको तीनकुने र बल्खुमा उहाँहरुसमेतको छलफलबाट जिल्ला सुरक्षा समितिले कार्यक्रम गर्न तोकेको छ । काठमाडौंमा ७ गते के हुन्छ भनेर विभिन्न सूचना र चासो आएको छ । यो विषयमा प्रष्ट्याउनैपर्ने हुन्छ । यी दुई कार्यक्रम मात्रै होइन, नेपाल प्रहरीले यसभन्दा अघि पनि विभिन्न कार्यक्रम हामीले नेपाल प्रहरी लगायत विभिन्न सुरक्षा निकायहरु एकीकृत रुपमा सुरक्षा योजना र अहिलेको काठमाडौंमा हुँदै गरेको बिरोध कार्यक्रम छ, र यसबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना र त्यसको परिचालनका लागि हाम्रा जनशक्ति लगायत हामीले यो कार्यक्रमबाट यसका असरहरु के के हुनसक्छन् ? भन्नेकुरालाई मध्यनजर गरी तीन वटै सुरक्षा निकायले एकीकृत सुरक्षा योजना बनाएर त्यसलाई हामीले लागू पनि गरिसकेका छौँ । विशेष गरी भोलिको कार्यक्रमलाई मध्यनजर गरी हामीले दुवै स्थानमा हुने कार्यक्रमको लागि समारोहस्थल र सम्भावित मानिसहरु भेला हुने विभिन्न ठाउँबाट र आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई स्मोथ गर्ने, उहाँहरुलाई शाीन्त सुरक्षाको अनुभुति दिलाउने हिसावले हाम्रा विभिन्न हाम्रो काठमाडौंमा सर्कल छ, सर्कल सेक्टरबाट हाम्रो तालुक कार्यालयबाट प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालयबाट आएका मद्दतहरुलाई हामीले पूर्ण रुपमा सुरक्षा दिनेगरी हामीले प्रवन्ध गरेका छौँ ।

बिरोध कार्यक्रमका लागि उहाँहरुले जुन घोषणा गरेको क्षेत्रहरु छ, उहाँहरुलाई पनि के अनुरोध गर्न चाहन्छु भने नेपाल सरकारले जनताको लोकतान्त्रिक अधिकारको बिरोध र प्रदर्शन गर्न पाउने जुन संवैधानिक अधिकार हो त्यसलाई रक्षा गर्नको लागि हामी सुरक्षा निकाय जो फ्रन्ट लाइनमा खटिनेछौँ, हामीलाई स्पष्ट निर्देशन भएको छ, कार्यक्रमलाई कसरी सुरक्षित बनाउन सकिन्छ ? कसरी व्यवस्थित बनाउन सकिन्छ ? कसरी मर्यादित बनाउन सकिन्छ ? ताकि सरकारले यस्ता बिरोधका कार्यक्रममा आफ्ना राज्यका एजेन्सी छन्, ति मार्फत सुरक्षा प्रवन्ध जुन छ, त्यसलाई विश्वसनीय र भरपर्दो बनाएर आम नागरिको जुन चासो र संशय छ, समाधान गर्ने भन्ने हाम्रो निर्देशन भएको छ । त्यसअनुसार प्रवन्ध गरेका छौँ । त्यसका लागि हामी सचेत पनि छौँ ।

आम नागरिकहरुलाई म कुनै पनि संशय बिना आफ्ना दैनिकीहरु चाहे कार्यालय होस्, चाहे विद्यालय होस् वा अरु कुनैपनि व्यवसाय गर्नको लागि ढुक्क भएर काम गर्नुहोस् । प्रहरी परिचालन हामी प्रभावकारी रुपमा तयारी गरेका छौँ । कसैले पनि शंका गरेर नडराउनु भए हुन्छ । प्रदर्शन गर्ने क्रममा सवारी आगमनमा केही अवरोध हुनसक्छ, त्यसमा ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थापन गर्नेछौँ । आफ्नो पेशा र दैनिकीमा जानेहरुलाई कुनैपनि अवरोध हुने छैन । अत्यावश्येक सेवा सुचारु गर्न हाम्रा सबै शक्तिहरु परिचालन गरेका छौँ । काठमाडौंका ९० भन्दा बढी ठाउँमा हाम्रा मोबाइल, तयारी अवस्थामा रहनेछन् ।’

उहाँले काठमाडौंका ९० भन्दा बढी ठाउँमा सुरक्षा प्रवन्ध गरिसकेको र प्रभावकारी रुपमा सुरक्षा व्यवस्थालाई अघि बढाइएको बताउनु भयो ।