७ आश्विन २०८१, सोमबार
,
Latest
परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

के रोहित–विराटले अब विश्वकप खेल्दैनन् ? शर्मा ४० र कोहली ३९ वर्षमा लाग्नेछन्



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट फ्यानहरुका लागि क्रिकेट विश्वकप जित्ने सपना अझै सपना नै छ । १२ वर्षपछि टोलीले फाइनलमा स्थान बनाएको थियो तर अष्ट्रेलियाले ट्रफी खोस्यो ।

कप्तान रोहित शर्मा र अनुभवी विराट कोहलीले सक्दो प्रयास गरे पनि टोलीलाई च्याम्पियन बनाउन सकेनन् ।

३६ वर्षीय रोहित र ३५ वर्षीय विराटका लागि विश्वकप जित्ने यो अन्तिम मौका पनि हुनसक्छ । अर्को विश्वकप २०२७ मा हुनेछ र त्यतिन्जेलसम्म रोहित र विराटले क्रिकेटबाट विदा हुन सक्ने सम्भावना छ ।

भारतलाई १२ वर्षपछि विश्वकपको फाइनलमा पुर्‍याउने कप्तान रोहित शर्मा अहिले ३६ वर्षका छन् भने विराट कोहली ३५ वर्षका छन् । २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुनेछ । सबै कुरा ठीक भएमा निर्धारित समयतालिका अनुसार प्रतियोगिता फेब्रुअरी र मार्च महिनामा खेलाइनेछ ।

यस अनुसार अर्को विश्वकपसम्म रोहित ३९ वर्ष र कोहली ३८ वर्षका हुनेछन् । यदि प्रतियोगिता सेप्टेम्बर र नोभेम्बरको बीचमा हुन्छ भने रोहित ४० वर्ष र कोहली ३९ वर्षको हुनेछन् ।

१८० खेलाडीमध्ये ५ जनाले मात्रै ३८ वर्षसम्म भारतबाट खेल्न पाए
२१ औं शताब्दीमा भारतका सबैभन्दा वृद्ध खेलाडी सचिन तेन्दुलकर थिए, जसले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल ४० वर्ष २०४ दिनको उमेरमा खेलेका थिए ।

उनी बाहेक राहुल द्रविड र महेन्द्र सिंह धोनी मात्र दुई भारतीय ब्याट्सम्यान हुन्, जसले ३८ वर्षको उमेर नाघेपछि पनि खेल्न जारी राखेका थिए । बलरमध्ये आशिष नेहरा र अनिल कुम्बलेले ३८ वर्षको उमेरमा सन्यास लिएका छन् ।

२१औँ शताब्दीमा भारतका लागि १८० खेलाडीले तीनवटै ढाँचामा क्रिकेट खेले, तर ३८ वर्षभन्दा बढी उमेरसम्म मात्र ५ खेलाडीले क्रिकेट खेल्न पाए । तीमध्ये नेहरा बाहेक बाँकी ४ खेलाडीले ४ सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका छन् भने ब्याट्सम्यानमध्ये तीनैले ५ सयभन्दा बढी खेल खेलेका छन् ।

यसको मतलब ब्याट्सम्यान रोहित र विराटले ३८ वर्षको उमेरसम्म क्रिकेट खेल्न कम्तिमा ५०० खेलको अंक पार गर्नुपर्नेछ । विराटले ३५ वर्षको उमेरमा ५१८ खेल खेलेका छन् भने रोहितले पनि केही वर्षमा यो आँकडा पार गर्नेछन् ।

रोहितले हाल ४६२ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । २१ औं शताब्दीको चलन अनुसार रोहितले ४० वर्षको उमेरमा २०२७ को विश्वकप खेल्न असम्भव भने छैन तर के यो साँच्चै सम्भव होला ?

३८ वर्षपछि किन खेल्न गाह्रो हुन्छ ?
आधुनिक क्रिकेटमा खेलाडीहरूसँग धेरै विकल्पहरू छन् । यस्तो अवस्थामा पुराना र आउट अफ फर्मका खेलाडीलाई टिममा रहन निकै गाह्रो छ । भारतमा गौतम गम्भीर, वीरेन्द्र सहवाग, युवराज सिंह, जहीर खान, वीभीएस लक्ष्मण, सौरभ गांगुली, हरभजन सिंह जस्ता धेरै महान खेलाडीहरू पनि थिए तर फिटनेस र फर्मका कारण ३८ वर्षको उमेर नपुग्दै टिमबाट बाहिरिएका थिए ।

३७ वर्षीय शिखर धवन यसको पछिल्लो उदाहरण हुन् । उनी २०१३ र २०१७ च्याम्पियन्स ट्रफी र २०१५ को विश्वकपमा भारतका सर्वाधिक रन बनाउने खेलाडी थिए तर २४ वर्षीय शुभमन गिलको आगमनसँगै उनले ओपनिङ पोजिसन छाड्नुपरेको थियो । अहिले उनी कुनै पनि फर्म्याटमा भारतीय टिममा स्थान बनाउन सक्षम छैनन् । यदि फर्म जारी रहेन भने रोहित र विराटलाई पनि त्यस्तै हुन सक्छ ।

दुई वर्षपछि हुन लागेको आईसीसी च्याम्पियन्स ट्रफी प्रतियोगितामा विराट कोहली ३६ वर्षका हुनेछन् । उनको अन्तर्राष्ट्रिय खेल ६ सय नजिक पुग्नेछ तर उनको उमेर र फिटनेसलाई हेर्दा सन्यासको सम्भावना कम हुनेछ ।

तर, उनले टी–२० ढाँचा खेल्न छोड्ने सम्भावना धेरै छ । यसका पछाडि दुईवटा कारण छन्, २०२१ मा टी–२० ढाँचाको कप्तानी छोड्दा उनले यस ढाँचामा धेरै खेल भएकाले एकदिवसीय र टेस्टको कप्तानीमा ध्यान दिन नसकेको बताएका थिए ।

दोस्रो कारण यो हो कि त्यतिबेला विराटको फोकस टोलीलाई एकदिवसीय विश्वकप जिताउनमा मात्र केन्द्रित हुनेछ । यस्तो अवस्थामा उनले २०२६ को टी–२० विश्वकप नखेल्ने सम्भावना छ ।

सन् २०२६ को टी–२० विश्वकप भारत र श्रीलंकामा हुने भएकाले प्रतियोगिता मार्च महिनामा हुने सम्भावना उच्च छ । त्यतिन्जेल विराट ३७ वर्षको हुनेछन् । उनले प्रतियोगिता खेल्न सक्नेछन् तर उनको विचारधारालाई हेर्दा अलि गाह्रो हुनेछ ।

रोहितको स्थान कसले लिन सक्छ ?
यशस्वी जैसवाल एक धेरै सीधा र सरल विकल्प हो । २१ वर्षीय बायाँ हाते ओपनिङ ब्याट्सम्यान यशस्वी मुम्बईबाट घरेलु क्रिकेट खेल्छन् र भारतका लागि टेस्ट र टी–२० ढाँचामा डेब्यु गरेका छन् । टेस्टमा उनले रोहितसँग ओपनिङ गरे र अहिलेसम्म उनले एक शतक र एक अर्धशतक बनाएका छन् । टी–२० मा उनको नाममा अन्तर्राष्ट्रिय शतक पनि छ । उनले पछिल्लो आईपीएल सिजनमा पनि टी–२० को ठूलो मञ्चमा आफूलाई प्रमाणित गरेका छन् ।

रोहित ओपनिङ पोजिसनमा ब्याटिङ गरिरहेका छन् र यशस्वी बाहेक रुतुराज गायकवाड, पृथ्वी शा, देवदत्त पद्डिकल र इशान किशन पनि उनको रिप्लेसमेन्टका लागि विकल्प छन्, तर ती सबैले यशस्वीको प्रदर्शनसँग कडा संघर्ष गर्नुपर्नेछ ।




भर्खरै