१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्दाखेरि घुरेपछि सलमानले शाहरुखलाई ओछ्यानबाट धकेलेका थिए



अ+ अ-

एजेन्सी । शाहरुख खान र सलमान खानको सम्बन्धमा एउटा रमाइलो घटना सार्वजनिक भएको छ, जसमा सलमानले शाहरुखलाई ओछ्यानबाट धकेलेका थिए ।

वास्तवमा घटना सन् १९९५ मा भएको थियो, जब दुवै कलाकार फिल्म ‘करण–अर्जुन’ को सुटिङ गरिरहेका थिए । यो घटना शाहरुख खानको घुर्ने बानीसँग सम्बन्धित छ ।

एक पुरानो अन्तर्वार्तामा सलमानले भने, ‘जब हामी करण–अर्जुनको सुटिङ गरिरहेका थियौं, त्यहाँ केही पाहुना आएका थिए । जो मेरो कोठामा बसे । त्यसैले हामी सबैले कोठा साझा गर्नुपर्यो । सोही समयमा सोहेल खान पनि त्यहाँ थिए । हामी सबै पल्टिरहेका थियौं र शाहरुख छिट्टै सुते र चर्को स्वरमा घुर्न थाले । घुरेको कारण मलाई समस्या परेको थियो । मैले बेडबाटै उनलाई धकेलेँ ।’

यसमा शाहरुख खानले आफ्नो बचाउ गर्दै आफूलाई साइनस भएको बताए । सामान्यतया उनी घुर्दैनन् । यद्यपि, शाहरुख कति चर्को स्वरमा घुर्छन् भन्ने सोंचेर सलमान लगातार हाँसिरहेका थिए ।

सलमान खान र शाहरुख खान स्टारर फिल्म ‘करण–अर्जुन’ सन् १९९५ मा रिलिज भएको थियो । फिल्ममा काजोल र ममता कुलकर्णी नायिकाको रुपमा देखिएका छन् । राकेश रोशनले निर्देशन गरेको यो फिल्म त्यतिबेलाको ब्लकबस्टर फिल्म थियो ।

यस फिल्ममा दिवंगत अभिनेत्री राखी गुलजारले सलमान–शाहरुखको आमाको भूमिका निभाएकी छिन् । दिवंगत अभिनेता अमरिश पुरी फिल्ममा खलनायकको भूमिकामा देखिएका थिए ।