१० श्रावण २०८३, आईतवार
,
Latest
नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यकुमारको कप्तानीमा अष्ट्रेलियाविरुद्धको टी–२० सिरिजका लागि भारतीय टोलीको घोषणा



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप सम्पन्न भएसँगै भारत र अष्ट्रेलियाबीच नोभेम्बर २३ बाट टी–२० सिरिज हुँदैछ । यसका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सोमबार भारतीय टोलीको घोषणा गरेको छ ।

टोलीको कप्तान सूर्यकुमार यादवलाई दिइएको छ । सञ्जु सामसनले टोलीमा स्थान बनाउन सकेनन् ।

बीसीसीआई छनोट समितिले अष्ट्रेलियाविरुद्ध २३ नोभेम्बर २०२३ देखि विशाखापट्टनममा हुने ५ खेलको टी–२० सिरिजका लागि टोलीको घोषणा गरेको हो । अष्ट्रेलियाविरुद्ध भारतले युवा खेलाडीलाई उतार्ने भएको छ ।

हार्दिक पाण्ड्याको अनुपस्थितिमा सूर्यकुमारलाई कप्तानको जिम्मेवारी दिइएको छ । रुतुराज तीन खेलका लागि उपकप्तान रहनेछन् भने श्रेयस अय्यर दुई खेलका लागि उपकप्तान रहनेछन् । विश्वकपको व्यस्त तालिकापछि यो सिरिजका लागि सिनियर खेलाडीलाई आराम दिइएको छ ।

सञ्जु सामसनले फेरि पनि टिममा स्थान पाउन सकेनन् । टोलीमा इशान किशन र जितेश शर्मालाई विकेटकिपरको रुपमा राखिएको छ । यसअघि आयरल्याण्डको सिरिजमा सञ्जु सामसन परेका थिए । उनलाई एसिया कपको ट्राभल खेलाडीको रुपमा समावेश गरिएको थियो । तर, पछि उनलाई भारत फर्काइयो ।

भारतीय टोलीः सूर्यकुमार यादव (कप्तान), रुतुराज गायकवाड (उपकप्तान), इशान किशन, यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, आवेश खान, मुकेश कुमार ।