४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

२००३ को विश्वकप फाइनल र २०२३ को फाइनलमा यस्तो अचम्मको समानता



अ+ अ-

एजेन्सी । भारत र अस्ट्रेलियाबीचको विश्वकप २०२३ को फाइनल खेल आज अहमदाबादमा हुँदैछ । यस विश्वकपमा भारतीय टोलीको प्रदर्शन निकै उत्कृष्ट रहेको छ । भारतीय टोलीले अहिलेसम्म कुनै पनि खेलमा हार बेहोरेको छैन ।

यस्तो अवस्थामा फाइनल खेलमा पनि भारतीय टोली आफ्नो विजयी यात्रा कायम राख्न चाहन्छ र तेस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छ ।

टीम इन्डिया २० वर्षअघि विश्वकपको फाइनलमा अस्ट्रेलियासँग भएको हारको बदला लिन चाहन्छ । सन् २००३ को विश्वकप र २०२३ को विश्वकपको फाइनलबीच धेरै आश्चर्यजनक समानताहरू देखा परेको छ ।

१. २००३ मा जस्तै, भारत र अष्ट्रेलिया उपाधिका लागि भिड्दै
२० वर्षअघि विश्वकपको फाइनल खेल भारत र अस्ट्रेलियाबीच भएको थियो । अब २०२३ मा, एक पटक फेरि टीम इंडिया र अष्ट्रेलियाले विश्वकप फाइनलको टिकट पाएका छन् । सन् २००३ मा अष्ट्रेलियाले भारतलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो ।

२.लगातार १० खेलमा जित
सन् २००३ को विश्वकपमा अस्ट्रेलियाको टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले एक खेलमा पनि हार नबेहोरी अपराजित रहँदै विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । सन् २०२३ मा भारतीय टोलीले यसपटक पनि त्यस्तै गरेको छ । भारतले लगातार १० खेल जितेर फाइनलको टिकट सुरक्षित गरेको छ ।

३. २० वर्षपछि पनि ‘राहुल’ले टिममा पाए जिम्मेवारी
२००३ को विश्वकपमा, राहुल द्रविडले कारणवश पूर्ण–समय विकेटकिपरको भूमिका खेलेका थिए । त्यस्तै, यस पटक ऋषभ पन्तको अनुपस्थितिमा, केएल राहुलले भारतका लागि पन्जा लगाउनु परेको थियो । केएल राहुलले किपिङ मात्रै होइन ब्याटिङमा पनि योगदान दिइरहेका छन् । राहुलले यो विश्वकपमा अहिलेसम्म १० खेलमा ३८६ रन बनाएका छन् ।