५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पेको ह्याट्रिकमा फ्रान्सको अहिलेसम्मकै फराकिलो जित, गिब्राल्टरको पोस्टमा १४ गोल



अ+ अ-

एजेन्सी । युरो छनोट अन्तर्गत फ्रान्सले कीर्तिमानी जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले गिब्राल्टरलाई १४–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान एलियान्ज रिभिएरामा भएको खेलमा फ्रान्सलाई अहिलेसम्मकै फराकिलो जित दिलाउन किलियन एमबाप्पेले ह्याट्रि गरे भने ओलिभर जिरुड र किंग्स्ले कोमानले दुई–दुई गोल गरे ।

यस्तै, मार्कस थुरम, जोनाथन क्लस, युसुफ फोफाना, एड्रियन राविओट र ओस्माने डेम्बेलेले एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमा इथान सान्तोसको आत्मघाती गोलबाट फ्रान्सले सुरुवाती अग्रता लिएको थियो ।

एकपक्षिय बनेको खेलको १८ औं मिनेटमा इथान सान्तोसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि गिब्राल्टर १० खेलाडीमा समेटिएको थियो ।

समूह बी मा ७ खेलमा शतप्रतिशत जितका साथ २१ अंक जोडेको फ्रान्स युरोका लागि छनोट भइसकेको छ । गिब्राल्टर भने अंकविहिन रहँदै तालिकाको पुछारमा छ ।