२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पेको ह्याट्रिकमा फ्रान्सको अहिलेसम्मकै फराकिलो जित, गिब्राल्टरको पोस्टमा १४ गोल



अ+ अ-

एजेन्सी । युरो छनोट अन्तर्गत फ्रान्सले कीर्तिमानी जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले गिब्राल्टरलाई १४–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान एलियान्ज रिभिएरामा भएको खेलमा फ्रान्सलाई अहिलेसम्मकै फराकिलो जित दिलाउन किलियन एमबाप्पेले ह्याट्रि गरे भने ओलिभर जिरुड र किंग्स्ले कोमानले दुई–दुई गोल गरे ।

यस्तै, मार्कस थुरम, जोनाथन क्लस, युसुफ फोफाना, एड्रियन राविओट र ओस्माने डेम्बेलेले एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमा इथान सान्तोसको आत्मघाती गोलबाट फ्रान्सले सुरुवाती अग्रता लिएको थियो ।

एकपक्षिय बनेको खेलको १८ औं मिनेटमा इथान सान्तोसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि गिब्राल्टर १० खेलाडीमा समेटिएको थियो ।

समूह बी मा ७ खेलमा शतप्रतिशत जितका साथ २१ अंक जोडेको फ्रान्स युरोका लागि छनोट भइसकेको छ । गिब्राल्टर भने अंकविहिन रहँदै तालिकाको पुछारमा छ ।