२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल अघि रोहितले भने – जसरी हामीले पूरै प्रतियोगिता खेल्यौं त्यसरी नै फाइनल खेल्नेछौं



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले भने, ‘हामी यस प्रतियोगितामा जसरी खेल्दै आएका छौँ, त्यसरी नै फाइनल खेल्नेछौँ । हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन हुने छैन । हामीले फाइनलको प्लेइङ इलेभेनको बारेमा अझै निर्णय गरेका छैनौं । हामी टसको समयमा पिचको अवस्था हेरेर निर्णय गर्नेछौं कि हाम्रो बल के हो र अष्ट्रेलियाको कमजोरी के हुन सक्छ ।’

रोहितले शनिबार प्रि–म्याच पत्रकार सम्मेलनमा यी कुराहरू भनेका हुन् । विश्वकप क्रिकेटको फाइनल खेल आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारत र अस्ट्रेलियाबीच हुँदैछ । खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

एक प्रश्नमा रोहितले भने कि यो ठूलो अवसर हो भन्नेमा कुनै शंका छैन । उनले भने – व्यावसायिक खेलाडीका लागि यो चुनौतीपूर्ण छ । हामीले जे सपना देखेका छौं, हामी त्यहाँ छौं । यो हाम्रो करियरको सबैभन्दा ठूलो अवसर हो र हामीले हाम्रो रणनीतिलाई अझ राम्रोसँग अपनाउनुपर्छ । हरेक दिन विश्वकपको फाइनल खेल्ने मौका पाउनु हुँदैन । म एकदिवसीय विश्वकप हेरेर हुर्केको छु, त्यसैले यो मेरो लागि सबैभन्दा ठूलो अवसर हो ।’

टस ठूलो कारक होइन
टसबारे रोहितले भने – पिचमा केही घाँस छ । भारत–पाकिस्तानको विकेट निकै सुख्खा थियो । मेरो बुझाइमा विकेट सुूत हुनेछ । हामी भोलि पिच हेरेर मूल्याङ्कन गर्नेछौं । तापक्रममा पनि केही कमी आएको छ । मलाई थाहा छैन कि शीतले खेललाई कसरी मद्दत गर्नेछ । टसले ठूलो भूमिका खेल्छ भन्ने मलाई लाग्दैन ।’

दुवै टोली फाइनलको हकदार, अष्ट्रेलियालाई हल्का रूपमा लिएका छैनौं
अष्ट्रेलियाले १० मध्ये ८ खेल जितेको छ । उनीहरूले राम्रो क्रिकेट खेलेका छन् र दुवै टोली फाइनल पुग्न योग्य छन् । हामीलाई थाहा छ अष्ट्रेलियाले के गर्न सक्छ । हामी के गर्न चाहन्छौं त्यसमा ध्यान केन्द्रित गर्न चाहन्छौं । हामी उनीहरू कस्तो फर्ममा छन् भन्ने चिन्ता लिन चाहँदैनौं, बरु हामीले हाम्रो क्रिकेट र योजनामा ​​ध्यान केन्द्रित गर्नुपर्छ ।