६ पुष २०८२, आईतवार
,
Latest
सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंक : सार्वजनिक बिदाको दिनमा पनि बैंकहरू खोल्न निर्देशन



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको दिन पनि काउण्टर खोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । चैत मसान्तको राजस्व उठाउने भएकोले सार्वजनिक बिदाको दिन बैंक खोल्न निर्देशन दिएको हो ।

सरकारले राष्ट्र बैंकलाई बैंकको शाखा खोलिदिन आग्रह गरेपछि २०७५ असार २६ देखि नै प्रत्येक त्रैमासमा बिदाका दिन पनि शाखाहरु खुल्न थालेका हुन् ।

राजस्व तिर्ने सेवाग्राहीलाई बैंक बन्द हुँदा हुनसक्ने असहजतालाई मध्यनजर गर्दै त्रैमासको अन्तिममा २५ गतेदेखि मसान्तसम्म बिदा वा शनिबार भए पनि राजस्व संकलन गर्ने शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै नेपाल राष्ट्र बैंक चेक क्लियरिङ गर्ने प्रयोजनका लागि सबै बैंक तथा वित्तीय संस्था, नेपाल क्लियरिङ हाउस पूर्णरूपमा खुल्ला गरेर राजस्व बुझ्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।