१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान

सुशासन कायम गर्न सरकार दृढतापूर्वक लागेको छ : प्रधानमन्त्री

सुशासन कायम गर्न सरकार दृढतापूर्वक लागेको छ : प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ । ‘प्रतिमान–नीमा स्मृति प्रतिष्ठान’को २०औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढेको वर्तमान सरकार देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न क्रियाशील रहेको बताउनुभयो ।

“दश महिनाको अवधिमा अर्थतन्त्रको सङ्कट अन्त्य गर्दै अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्न मेहनत गरिएको छ । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक छन्, यद्यपि दबाब अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता महसुस भएको छ”, उहाँले भन्नुभयो ।

आफ्नो भारत, इटाली, अमेरिका र चीन भ्रमणबाट नेपालको  राष्ट्रिय हित प्रर्वद्धनमा योगदान भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गर्नुभएको नेपाल भ्रमण र नेपालप्रति व्यक्त विचारले सिङ्गो विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभयो । “यसले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको तर्जुमा, जलवायु परिवर्तनले नेपालमा पारेको बहुआयमिक प्रभावलाई कम गर्न, कार्बन उत्र्सजन नियन्त्रणबापत नेपालले प्राप्त गर्नुपर्ने ‘रोयल्टी’, जलवायु परिवर्तनका क्षेत्रमा नेपाल नेतृत्व देशका रूपमा प्रस्तुत हुने आधार प्रस्तुत गरेको छ”, उहाँले भन्नुभयो, “यो हाम्रा लागि महत्त्वपूर्ण उपलब्धि हो ।

जाजरकोट भूकम्पबाट भएको अकल्पनीय क्षतिले देश शोकमा परेकोे उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भूकम्पपछि उद्धार र राहतमा सरकारले लिएको पहलकदमीले पुनःस्थापनामा पनि प्रभावकारी र वैज्ञानिक भूमिकाको आधार तयार भएको बताउनुभयो । “सरकारले २०७२ को भूकम्पबाट शिक्षा लिएर यसपटक वैज्ञानिक र व्यवस्थितरूपमा पुनःस्थापनाको काम अगाडि बढाउने छ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुकको सामाजिक–आर्थिक विकासका लागि सरकारको मात्र मुख नताकी जनताले पनि खुला हृदयले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले प्राविधिक जनशक्ति उत्पादन गर्न प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसको सराहना गर्नुभयो ।

विसं २००७ को प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका प्रतिमान चन्द बोहराको स्मृतिमा स्थापित उक्त प्रतिष्ठानले देशका विभिन्न स्थानमा रहेका विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । रासस