२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइम आउट विवादमा अडिग रहँदै शकिबले भने – म युद्धमा थिएँ, जे ठिक लाग्यो त्यही गरेँ



अ+ अ-

एजेन्सी । नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा सोमबार बंगलादेश र श्रीलंकाबीच भएको विश्वकप २०२३ को ३८औँ खेल विवादका कारण चर्चित बनेको छ ।

श्रीलंकाका अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा टाइमआउट हुने पहिलो क्रिकेटर बनेका छन् ।

यसपछि बंगलादेशका कप्तान शकिब अल हसन आलोचकको निशानामा बने र उनको खेलकुदको निकै आलोचना भइरहेको छ ।

तर, म्याथ्युजविरुद्ध टाइम आउटका लागि अपिल गर्नमा शकिब अल हसनलाई कुनै संकोच छैन । यो सहि हो कि होइन थाहा नभएको तर कानुन भित्र रहेको उनले बताए ।

‘म युद्धमा छु जस्तो लाग्यो । मैले जे गर्नुपर्ने थियो, गरेँ । यस विषयमा बहस हुनेछ । समयले हामीलाई मद्दत गर्यो, म यसलाई बेवास्ता गर्दिनँ । हाम्रा एकजना फिल्डर मसँग आए र भने कि यदि तपाईले अपील गर्नुभयो भने, कानूनले भन्छ कि उसले समयलाई वेवास्ता गरे उनी बाहिर हुन्छन् ।’ शकिबले भने ।

बंगलादेशसँगको हार श्रीलंकाका लागि धेरै हिसाबले नराम्रो साबित भयो । उसको समस्या बढेको छ । श्रीलंकाको टोली सन् २०२३ को विश्वकपको सेमिफाइनलको दौडबाट पूर्ण रुपमा बाहिरिएको छ । यसका साथै च्याम्पियन्स ट्रफीको छनोटमा पनि उसको कठिनाइ बढेको छ ।

यो पनिः एन्जेलोले बंगलादेशमाथि रिस पोख्दै भने – कसैलाई यति तल गिरेको कहिल्यै देखेको छैन