२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले मंसिर ५ मा यमनसँग घरेलु मैदानमा खेल्दै



अ+ अ-

काठमाडौँ । विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र यमनबीचको खेल काठमाडौँमा मंसिर ५ गते हुने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुई राष्ट्रबीचको खेल मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुनेछ ।

यमनसँगको खेलअघि नेपालले यूएईसँग उसकै घरेलु मैदानमा कात्तिक ३० गते खेल्नेछ । यमन र यूएईुसँगै नेपाल रहेको समूहमा बहराइन पनि छ । नेपाल र बहराइनबीचको खेल भने मार्च २१ मा दशरथ रंगशालामा हुनेछ ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेससँगको सल्लाहमा नेपालाई फाइदा हुने गरी ओमानसँगको खेल बेलुकी ७ बजे खेलाउन लागिएको हो ।

विश्वकप छनोटका लागि एनेसले २६ जना खेलाडीलाई बन्द प्रतिक्षण गराइरहेका छन् । जसबाट २३ सदस्य छानिने छ । यस्तै, खेलका लागि टिकटको मुल्य साधारणा प्यारापिटतर्फ ४०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।

दोस्रो चरणको सम्पूर्ण खेलको कमर्सियल एन्ड मिडिया राइट सिगापुरस्थित स्पोर्टफाइभलाई प्रदान गरिएको एन्फाले जनाएको छ ।