२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य

नागरिक समाजको आग्रह: राष्ट्रपतिको यूरोप भ्रमण स्थगित गरियोस् ,गए बहिस्कार गराै

नागरिक समाजको आग्रह: राष्ट्रपतिको यूरोप भ्रमण स्थगित गरियोस् ,गए बहिस्कार गराै
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नागरिक समाजका अगुवाहरुले राष्ट्रपतिको यूरोप भ्रमण स्थगित गर्न माग गरेका छन् ।

उनिहरुले आज एक बिज्ञप्ति जारी गर्दे मुलुक कहालीलाग्दो अवस्थामा रहेको समयमा राज्यप्रमुखजस्तो महत्वपूर्ण व्यक्तिले विदेश भ्रमणमा निस्कनु कुनै पनि दृष्टिकोणबाट उचित मान्न नसकिने जनाएका छन् ।

मुलुक राष्ट्रिय शोकमा रहेको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलको यूरोप भ्रमण गर्नु अनुपयुक्त हुने उनिहरुको ठहर छ । बिज्ञप्तिमा भनिएको छ मुलुकको दुर्गम कर्णाली प्रदेशका दुर्गम चिसो भेगका नागरिक कात्तिक महिनाको शीतमा खुला आकाशमा खाली पेट रात बिताई रहेछन् । अर्को तर्फ सयौँ परिवार आँशुमा डुबेका छन् । यसका साथै अस्पतालमा शोकाकुल घाइतेको चित्कार त झनै दर्दनाक छ ।

बिज्ञप्तिमा भनिएको छ औयस्तो प्रकारको असामयिक भ्रमण सम्माननीय राष्ट्रपतिज्यूको निजी प्रतिष्ठाको मात्र विषय नभएर राष्ट्रको गरीमासँग जोडिएको विषय बन्ने हुनाले राष्ट्रपतिको भ्रमण स्थगित गर्न हामी हार्दिक अनुरोध गर्दछौँ । यसका साथै राष्ट्रपति पौडेलको विदेश भ्रमणको बिरुद्धमा मुलुक भित्र र बाहिरबाट समेत सशक्त आवाज उठाउन समेत हाम्रो सबैमा अनुरोध छ । अझ सरकारले नै आँफैले नै राष्ट्रपतिलाई भ्रमण रद्द गर्न अनुरोध गर्नुपर्ने हो भन्ने हाम्रो ठहर छ । यसका साथै राष्ट्रपतिको भ्रमण खर्चमा लाग्ने रकम भूकम्प पीडितका आवास पुननिर्माणमा लगाउन समेत नेपाल सरकारलाई आह्वान गर्दछौँ । यदि राष्ट्रपतिज्यूल भ्रमण रद्द नगर्नु भएको अवस्थामा भ्रमण गरिने देशमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई सम्बन्धित देशमा राष्ट्रपतिको कार्यक्रम बहिस्कार गर्न समेत आव्हान गर्दछौ ।

बिज्ञप्ति जारी गर्नेहरु निम्न हुनहुन्छ –

१. वारिष्ठ अधिवक्त ध्रुवलाल श्रेष्ठ, नयाँ बानेश्वर, काठमाडौँ ।

२. डा. द्वारिकानाथ ढुङ्गेल, नयाँ बानेश्वर, काठमाडौँ ।

३. अधिवक्ता एस. के. तिमिल्सिना, नयाँ बानेश्वर, काठमाडौँ ।

४. डा. राजेश अहिराज, पूर्व प्रदेश प्रमुख, मधेश प्रदेश । हाल बबरमहल, काठमाडौँ ।

५. अधिवक्ता स्वागत नेपाल, बागबजार, काठमाडौँ ।

६. अधिवक्ता युवराज कोइराला, नयाँ बानेश्वर, काठमाडौँ ।

७. धार्मिक अभियन्ता सुवास ढकाल, गौशाला, काठमाडौँ ।

८. सामाजिक अभियन्ता रीता खनाल, बबरमहल, काठमाडौँ ।

९. महेश्वर श्रेष्ठ, राजनीतिकर्मी एवं सामाजिक अभियन्ता, कुपण्डोल, ललितपुर ।

१०. इन्जीनियर घमादेवी भट्टराई खनाल, धार्मिक एवं सामाजिक अभियन्ता ।

११. अधिवक्ता रामबहादुर (नेपाली) राउत, ज्ञानेश्वर, काठमाडौँ ।

१२. अधिवक्ता हरिप्रसाद कट्टेल, बबरमहल, काठमाडौं ।

१३. अधिवक्ता ओमप्रसाद रेग्मी, बालकोट, भक्तपुर ।

१४. अमर के.सी., राजनीतिज्ञ, लेखक एवं सामाजिक अभियन्ता

१५. इन्जिनियर सुरेश बज्राचार्य, नेवाः राष्ट्रिय अभियान

१६. अधिवक्ता प्रा. डा. ज्ञान बस्नेत, कलङ्की काठमाडौं

१७. डा. उपमा कार्की, सामाजिक अभियन्ता

१८. डा. विष्णुहरि तिमिल्सिना, पोखरा, कास्की ।

१९. डा. मदन कोइराला

२०. अधिवक्ता एम. आर. उपाध्याय, बबरमहल, काठमाडौं ।

२१. अधिवक्ता शान्ति ढुंगाना, तीनकुने काठमाडौं ।

२२. इन्जिनियर रामभक्त वादे, भक्तपुर ।

२३. अधिवक्ता भुवन अधिकारी, पुरानो बानेश्वर काठमाडौं ।

२४. अधिवक्ता सजना कोइराला, गोदावरी, ललितपुर

२५. जलस्रोत विज्ञ जगत भुषाल, नयाँ बानेश्वर, काठमाडौँ ।

२६. विजयप्रकाश निषाद, अध्यक्ष, समतामूलक समाज निर्माण महाअभियान

२७. अभिषेक तिवारी, महासचिव, समतामूलक समाज निर्माण महाअभियान

२८. भागवत नरसिंह प्रधान, छाउनी काठमाडौँ ।

२९. रञ्जु दुलाल, भक्तपुर ।

३०. दिनेश चापागाँई, मोरङ्

३१. निरञ्जन पौड्याल, जैशीदेवल, काठमाडौँ ।

३२. उद्वव ढुङ्गाना

३३. द्वारिका शर्मा