४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाल अर्थोपेडिक अस्पतालको रजत महोत्सव

नेपाल अर्थोपेडिक अस्पतालको रजत महोत्सव
अ+ अ-

काठमाडौँ । गैरनाफामूलक संस्थाका रूपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालले शनिबार आफ्नो स्थापनाको रजत जयन्ती महोत्सव आयोजना गरेको छ ।

विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहने गरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेशनलको सहकार्यमा सन् १९९८ मा स्थापना भएको सो अस्पताल २५ वर्ष पुगेको हो ।

अस्पताल परिसरमा आयोजित रजत महोत्सव समारोहमा प्रतिनिधिसभा सदस्य एवं संसद्को अर्थ समितिका सभापति सन्तोष चालिसेले तीनै तहको सरकारको सहकार्यमा यस अस्पताललाई मुलुककै उत्कृष्ट अस्पतालका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले यस किसिमको अस्पतालको आवश्यकता मुलुकका सातै प्रदेशमा रहेको उल्लेख गर्दै यसको नीतिगत निर्णयका लागि केन्द्रबाट पहल गर्ने बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले अस्पातलसँग सहकार्य गरी नागरिकलाई सुलभ र सहजरूपमा सेवा उपलब्ध गराउने बताउँदै कुशल व्यवस्थापन र उत्कृष्ट उपचार सेवा दिँदै आएको यस अस्पताललाई एक अनुकरणीय स्वास्थ्य केन्द्रका रूपमा यसको क्षमता बढाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले अस्पतालले उपलब्ध गराएका सेवाहरूका बारेमा जानकारी गराउँदै नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउन अस्पताल लागिरहेको जानकारी गराउनुभयो ।

निर्देशक भण्डारीका अनुसार अस्पतालले गरिब, निम्न आय भएका तथा असहाय बिरामीलाई नि:शुल्क तथा सहुलियत शुल्कमा उपचार ट्रमा र अर्थोसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको र एक सय शय्या रहेको यस अस्पतालमा हाल १९ जना विशेषज्ञ चिकित्सक रहेका छन् ।

निर्देशक भण्डारीले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले प्रत्येक वर्ष कम्तीमा चारपटकसम्म मुलुकका दुर्गम भेगमा पुगेर त्यहाँ औषधि उपचारको अभावमा रहेका नागरिकलाई हाडजोर्नी र नशाको शल्यक्रिया पूर्ण नि:शुल्करूपमा उपलब्ध गराउने गरी स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा अस्पतालका संस्थापक अध्यक्ष शङ्करराज पाठकले उक्त अस्पताल स्थापना गर्दाका अनुभव सुनाउँदै निकै कठिन अवस्थाबाट अस्पतालको स्थापना भई सेवा दिँदै आएकाले यो गरिमामय संस्थाको इतिहासको सम्मान गर्न आग्रह गर्नुभएको थियो ।

रजत महोत्सवका अवसरमा अस्पतालको जगको शिला बसाल्नेदेखि अस्पताललाई यहाँसम्म पुर्याउनका लागि मन, बचन र कर्मले सहयोग गर्ने संस्थापाक, स्वदेशी तथा विदेशी दाता, चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरेको थियो ।रासस