२२ भाद्र २०८३, सोमबार
,
Latest
धनुषामा २२५ पोका रगत सङ्कलन बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा राष्ट्रपति पौडेल कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ त्रिशूली–३ बीको सुरुङमा हराइरहेकाको खोजी गर्न माग गर्दै माइतीघरमा धर्ना तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको असरबारे गम्भीर होउँ : अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललले सयुक्त राष्ट्रसंघका महासचिब एन्टोनिय गुटरेको हालैको नेपाल भ्रमणले जलवायु परिवर्तनले पारेको असरबारे विश्व समुदायको ध्यानआकर्षण गर्न सफल भएको बताउनु भएको छ ।

नेपाल फ्रेडसीप ग्यादरिङ नामक संस्थाले आयोजना गरेको कार्यक्रमममा नेता नेपालले महासचिब गुटसेरको भ्रमणले लुम्बिनीबाट शान्तिको सन्देश र सगरमाथा आधार शिविरबाट जलवायु परिवर्तका कारण परेको असरबारे विश्वको ध्यान खिच्न सफल भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “महासचिवको भ्रमण आफैमा ठूलो उपलब्धी हो त्यसमा पनि विश्व शान्ति र जलवायु परिवर्तनका बारेमा विश्व समुदायमा पुगेको सन्देश अर्काे उपलब्धी हो ।”

आफू प्रधानमन्त्री हुदा जलवायु परिवर्तनको एजेन्डा बोकेर २०६६ मंसिर १९ गते सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद्को बैठक राखेको स्मरण गर्दै उहाँले कार्वन उत्सर्जनका बिषयमा गम्भिर हुन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले बैठक पनि सो क्षेत्रको ढुङ्गा तत्कालीन अमेरिककी राष्ट्रपति बाराक ओवामालाई समेत उपहार समेत दिएको स्मरण गर्दै २०६६ मंसिर २२ देखि पुस ३ सम्म डेनमार्कको राजधानी कोपेनहेगनमा भएको विश्व जलवायु सम्मेलनमा प्राथमिकताका साथ कुरा राखेको जनाउनु भयो ।

कोपेनहेगन बैठकमा नेपालले जलवायु परिवर्तनका कारण नेपाल र पर्वतीय देशमा देखिएको संकटबारे विश्वलाई ध्यानाकर्षित गराएको उहाँले बताउनुभयो ।

कालापत्थरमा मन्त्रिपरिषद्को बैठक गर्दा प्रधानमन्त्री माधव नेपाल, पर्यटनमन्त्री शरतसिंह भण्डारी र वनमन्त्री दीपक बोहरा रहनुभएको थियो । बैठकले जलवायु परिवर्तनबारे १० बुँदे सगरमाथा घोषणापत्र जारी गरेको थियो ।

सो बैठकमा तत्कालीन सरकारका २३ मन्त्री सहभागी थिए । नेपालले कालापत्थरमा बैठक गर्नुअघि मालदिभ्सले समुद्रमुनि बैठक गरेर विश्वको ध्यान खिचेको थियो ।

कार्यक्रमको संयोजक समूह मध्येका एक ताज मोहम्मद मियाका अनुसार फ्रेन्डसिप ग्यादरिङ नेपाल भारत, उत्तरी सुडान, नर्वे, अमेरिका लगायतका मुलुक अभियन्ता तथा सासंसदहरु प्रतिनिधि छन् ।

बिभिन्न मुलुकबाट नेपाल आएका प्रतिनिधिले जलवायु परिवर्तन, शान्ति र स्थिरता तथा मानब बेचबिखन बिरुद्धको अभियानमा एक अर्का मुलकसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर छलफल गर्नेछन् ।