७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

वन–म्यान चियर खेलाडी ‘अङ्कल पर्सी’ को निधनले श्रीलङ्का शोकमा

वन–म्यान चियर खेलाडी ‘अङ्कल पर्सी’ को निधनले श्रीलङ्का शोकमा
अ+ अ-

कोलम्बो । वन–म्यान चियर लिडर र अन्तर्राष्ट्रिय खेलहरूमा स्थायी उपस्थिति जनाउने ‘सुपर फ्यान’ को निधनप्रति श्रीलङ्काका क्रिकेट खेलाडी तथा समाचारपत्रहरूले मङ्गलबार शोक व्यक्त गरेका छन् ।

सतासी वर्षीय पर्सी अबेसेकराको छोटो बिरामपछि सोमबार राजधानी कोलम्बो बाहिरको एक अस्पतालमा निधन भएको उहाँको परिवारले जनाएको छ ।

श्रीलङ्काका पूर्वकप्तान माहेला जयावर्धनेले अबेसेकरा ‘श्रीलङ्काली क्रिकेटरहरूको थुप्रै पुस्ताका लागि वास्तविक १२औँ खेलाडी’ रहेको बताउनुभयो ।

“उहाँ मेरो सम्पूर्ण करियरको समयमा हुनुहुन्थ्यो, हाम्रो हौसला बढाउनुहुन्थ्यो, देशको झन्डा फहराउनुहुन्थ्यो र जिते वा हारे पनि सधैँ हामीलाई हँसाउनुहुन्थ्यो”, जयावर्धनेले भन्नुभयो, “हामी सधैँ तपाईंलाई सम्झिने छौँ ‘पर्सी अङ्कल’ ।”

अर्का पूर्वकप्तान कुमारा सङ्गाकाराले अबेसेकरा पनि खेलाडीहरूजस्तै श्रीलङ्का क्रिकेट टिमको हिस्सा भएको बताउनुभयो । “मेरो डेब्युदेखि लिएर अन्तिम खेलसम्म अङ्कल पर्सी निरन्तर हुनुहुन्थ्यो, श्रीलङ्काको खेलमा उहाँको योगदान जर्सी लगाएको कुनै पनि खेलाडी बराबर छ”, उहाँले भन्नुभयो ।

‘क्रिकेटका पागल’
सन् १९९६ को विश्वकप विजेता श्रीलङ्का टिमका सदस्य सनथ जयसुरियाले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ, “हाम्रा प्रिय अङ्कल पर्सीले आफ्नो भगवान्लाई भेट्नुभएको छ भन्ने सुन्दा धेरै दु:ख लागेको छ, तपाईं पहिला सुपरफ्यान हुनुहुन्थ्यो र हामी सबैका लागि तपाईं सधैँ विशेष रहनुहुनेछ ।”

जारी विश्वकपमा सोमबार अफगानिस्तानसँग श्रीलङ्काको हारपछि स्पिन बलर महेश तीक्षणाले भन्नुभयो, “म केटाकेटी हुँदा उहाँ खेलमा मुख्य व्यक्ति हुनुहुन्थ्यो, उहाँले झन्डा फहराएको मैले देखेको थिएँ, त्यसैले टिमको एउटा सदस्यका नाताले यस्तो समाचार सुन्दा निराश छु ।”

डेली एफटी अखबारले भनेको छ, “पर्सीले आफ्नो जीवन र आत्मा खेललाई सुम्पिनुभयो र उहाँ आफैँमा एउटा किंवदन्ती हुनुहुन्थ्यो ।”

सन् १९८२ मा इङ्गल्यान्डविरुद्ध टेस्ट डेब्युपछि अबेसेकरा श्रीलङ्काका खेलहरूमा लगातार उपस्थित हुनुभयो । “म पर्सी हुँ, क्रिकेटको पागल हुँ तर अल्छी क्रिकेटर, दर्शक र प्रशासकहरूप्रति मलाई कुनै दया छैन”, उहाँलाई सम्झँदै एफटीले भनेको छ ।

उहाँले इङ्गल्यान्डका ब्याट्सम्यान क्रिस टावरेलाई श्रीलङ्काको झन्डा समातेर राजधानी कोलम्बोको पी सारा ओभलको पिचमा लग्नुभएको थियो ।

उहाँका नाति र नातिनीको नाम वेस्टइन्डिजका महान खेलाडी गेरी सोबर्स र भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा गारफिल्ड र सचिन्का राखिएको छ ।

युवावस्थामा अबेसेकराले सन् १९४८ मा डन ब्राडम्यानलाई कोलम्बो ओभलमा खेलेको हेर्नुभएको थियो । करिब आधा शताब्दीपछि श्रीलङ्काले लाहोरमा अस्ट्रेलियालाई हराएर ५० ओभरको विश्वकप जितेको पनि उहाँले हेर्नुभयो । यो उहाँको जीवनकालमा क्रिकेटका हाइलाइटहरूमध्येको एक हो ।

न्युजिल्यान्डका पूर्वकप्तान मार्टिन क्रोले एकपट उहाँलाई आफ्नो म्यान अफ दि म्याच पुरस्कार दिनुभएको थियो । सन् २०१५ मा भारतले श्रीलङ्का भ्रमण गरेका बेला विराट कोहलीले उहाँसँग अँगालो मार्नुभएको थियो । रासस