२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको फिल्म फेस्टिभलमा ‘हल्कारा’ छनोट



अ+ अ-

काठमाडौँ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व गर्ने चलचित्र ‘हल्कारा’ अमेरिकामा ‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’को नवौँ संस्करणमा छनोट भएको छ ।

कात्तिक २२ देखि मङ्सिर १७ गतेसम्म अमेरिकाको लस–एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने महोत्सव अन्तर्गत प्रतिस्पर्धात्मक खण्डमा छनोट भएको निर्देशक विक्रम सापकोटाले जानकारी दिए ।

“हाम्रो चलचित्र अवार्डमा छनोट भएको जानकारी दिन पाउँदा उत्साहित छौँ । दुई प्रदर्शनी तय गरिएको छ । हाम्रो मौलिक कथालाई अन्तर्राष्ट्रिय महोत्सवमा प्राप्त प्रतिक्रियाले उत्साहित छौँ”, निर्देशक सापकोटाले भने ।

चलचित्रमा हल्कारा (हुलाकी)मार्फत वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, दीपक क्षेत्री लगायतले अभिनय गरेका छन् ।