• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन

मेटलाइफको बीमा दाबी अब अनलाइनबाट गर्न सकिने



काठमाडौं । मेटलाइफ नेपालले यसै साता आफ्नो अनलाइन दाबी इन्टिमेसन सेवा सुचारु गरेको छ । ग्राहकहरूले यो सेवाबाट आवश्यक कागजात सहित बीमा दाबीहरू अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेश गर्न सक्नेछन् । यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरु प््रााप्त हुनासाथ मेटलाइफको दाबी टोलीले तुरून्त दाबी प्रक्रिया शुरु गर्नेछ । 

ग्राहकले अनलाइन दाबी प्रक्रिया पूरा गर्न सरल चरणबद्ध निर्देशनहरु अनुसरण गर्न सक्दछन् । अनलाइन बीमा दरखास्त, प्रीमियम भुक्तान, र केवाइसि अपडेटका साथैे नयाँ ग्राहक सेवा बउउ प्रयोगमा ल्याइसकेको मेटलाइफ नेपालले अनलाइन बीमा दाबी गर्न सकिने यो नयाँ पहल कम्पनीको सेवालाई ग्राहकहरुमाझ सरलीकृत तथा डिजिटल सेवा प्रदान गर्न चालेको अनेकन कदमहरूको एक अंश हो ।  

मेटलाइफ नेपालका उपनिर्देशक तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भन्नुहुन्छ, “हामी बुझ्छौं कि बीमा दावी ग्राहकको जीवनको पीडादायक समयमा ध्यान केन्द्रित गर्ने असहज परिस्थिति हो, त्यसैले हामीले हाम्रो बीमा दावी प्रक्रियालाई सरल र सीधा बनाउने प्रयास गरेका छौं । ग्राहक केन्द्रित कम्पनीको रूपमा स्थापित हामी हाम्रा ग्राहकहरुका लागि डिजिटल अनुभवहरूको निरन्तर सुधार तर्फ अग्रसर रहिरहनेछौं जसबाट वहाँहरुले हाम्रा कार्यालयहरूमा भौतिक रूपमा उपस्थित नभई नै हाम्रा सम्पूर्ण सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नुहुनेछ ।”