१६ भाद्र २०८३, मंगलवार
,
Latest
अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्वपीडितसँग होला गुटेरेसको भेट ? के भन्छन् पीडित ?



अ+ अ-

काठमाडौं: नेपालको चारदिने औपचारिक भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाटको समय नपाएपछि माओवादी द्वन्द्वपीडितहरुले असन्तुष्टि जनाएका छन् ।

द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले न्यूजपोलारसँग भन्नुभयो, द्वन्द्वपीडित र नागरिक समाजको कुरा नसुनी सरकारको मात्र कुरा सुनेर जाँदा राम्रो सन्देश जाँदैन । उहाँले भन्नुभयो, सरकारीपक्षसँग मात्र भेट गरेर वास्तविक कुरा आउँदैन, तर हामीलाई भेटको समय मिलेको छैन । सरकारले सन् २००८ देखि हालसम्म सङ्क्रमणकालीन न्यायका बारेमा प्रतिबद्धता जनाएपनि हालसम्म कुनै ठोस प्रगति नभएको भन्दै अधिकारीले भन्नुभयो, सरकारलाई केही अप्ठ्यारो परे अग्रसरता लिएको जस्तो गर्ने तर पछि फेरि वास्ता नगर्ने अवस्था देखिएको छ । उहाँले भन्नुभयो, द्वन्द्वपीडितलाई खोक्रो आश्वासन र प्रतिबद्धता होइन, समाधान खोजेको हो तर त्यो लक्षण देखिएको छैन ।

उहाँले मानवअधिकार परिषद्को सदस्यको नाताले विश्वका अन्य देशको मानवअधिकार अवस्थाबारे प्रश्न उठाउने हैसियत राख्ने नेपालको सङ्क्रमणकालीन न्यायका अवस्थामा दशकौंदेखि उही सवाल उठिरहनु, सरकारले उही प्रतिबद्धता जनाइरहनु तर कार्यान्वयन नगर्नु देशकै लज्जाको विषय रहेको बताउनुभयो । यो भ्रमण खासगरी नेपालको सङ्क्रमणकालीन न्यायका बाँकी मुद्दाहरुका विषयमा राष्ट्रसंघीय प्रमुखलाई आश्वस्त पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाक्नु भएको अनुमान गरिएको छ ।

सरकारले सङ्क्रमणकाली न्याय सम्बन्धी एक विधेयक संसदमा पनि दर्ता गराइसकेको छ जसको सर्वत्र आलोचना भएको छ । यस विधेयकमा मुलत: द्वन्द्वकालमा भएका सबै प्रकारका जघन्य अपराधलाई पनि आममाफी दिने विवादास्पद विषय समावेश रहेको छ । महासचिव गुटेरेसले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु सहित सत्ता र प्रतिपक्षका प्रमुख नेताहरुसँग भेटघाट गर्ने एवं संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।




भर्खरै