४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सडकबाट वेवारिसे गाइवाच्छा र खेतबाट पराल र भुसा बटुल्दै उत्तम पुडासैनी

सडकबाट वेवारिसे गाइवाच्छा र खेतबाट पराल र भुसा बटुल्दै उत्तम पुडासैनी
अ+ अ-

काठमाण्डौ । हिन्दुहरुको सबैभन्दा ठुलो चाड बडादशैंमा अधिकांश नेपाली आफ्ना मान्यजन र आफन्तकहाँ टिका, जमरा र दक्षिणा थाप्न व्यस्त थिए । तर त्यहि समयमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ गोठाटारस्थित असहाय गाइवाच्छा संरक्षण अभियानका संस्थापक उत्तम पुडासैनी भने सडकका वेवारिसे गाइवाच्छाको उद्धार कार्यमा पशु एम्बुलेन्ससहित टोलटोल चहार्दै थिए । उनी बागमती सफाइ अभियन्ता पनि हुन् ।

प्रहरी सहायताको लागि फोन नं १००, दमकलको लागि १०१, विरामी मानिसलाई अस्पतालमा लैजानको लागि एम्बुलेन्सको १०२ नम्बरमा फोन गर्ने भनेजस्तै सडकमा घाइते या वेवारिसे अवस्थामा गाइवाच्छा या पशु भेटिएमा ९८५११—७५७७७ मा खवर गर्ने चलन पछिल्लो समयमा बढीरहेको छ ।

उपत्यकाको टोल, गल्ली र सडकमा यस्ता गाइवाच्छा देख्ने वित्तिक्कै उद्धारको लागि ९८५११—७५७७७ मा खवर आउने वितिक्कै संस्थापक अध्यक्ष पुडासैनी आफैं ‘पशु एम्बुलेन्स’ लिएर गाइवाच्छा उद्धारको लागि घटनास्थलमा पुग्ने गरेका छन् ।यस्तो महान धार्मिक कार्यमा असहाय गाइवाच्छा संरक्षण अभियानका अन्य दुई सदस्य विकास थापा र भगवान पुडासैनीले संस्थापक पुडासैनीको साथ छोडेका छैनन् ।

गाइवाच्छाको उद्धारको लागि मात्रै नभई दशैंभरी पुडासैनी र दुई सदस्यले दाताहरुले ति गाइवाच्छाको लागि निःशुल्करुपमा उपलव्ध गराएको पराल संकलन गर्न काठमाण्डौ र ललितपुरका खेतखेतसम्म पुगेका थिए । शुक्रबार मात्रै उनीहरु ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ६ सानागाउँस्थित रविन्द्र महर्जनको खेतबाट पराल लिन पुगेका थिए ।

‘दशैंको घटस्थापनादेखि शुक्रबारसम्म दाताहरुले १६ गाडी पराल दिनुभयो’ संस्थापक पुडासैनीले भने—‘१३२ वटा गाइवाच्छालाई वर्षभरी ५० गाडी पराल चाहिनेमा आजसम्म १६ गाडी पराल जम्मा भयो,यो खुसीको कुरा हो’।

संस्थापक पुडासैनीका अनुसार दशैंको १४ दिनको अवधिमा विभिन्न दाताबाट २५ हजार नगद पनि प्राप्त भएको छ भने ति गाइवाच्छाका लागि नुन, भुसा, दाना उपलब्ध गराउने दाताहरु पनि बढ्दैछन् ।

गाइवाच्छा उद्धारको लागि पशु एम्बुलेन्स भने कागेश्वरी मनोहरा नगरपालिकाले उपलव्ध गराएको हो । उद्धार गरिएका गाइवाच्छालाई पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा गोठाटारमा रहेको करीव ७० रोपनी पाखो जमिन जमिनलाई सम्याएर तारवारले घेरी गोठ समेत बनाएर पाल्ने गरिएको छ ।

राजधानीका २ वटा महानगरपालिका र अन्य नगरपालिकाहरुले गर्नुपर्ने ‘काञ्जी हाउस’को काम गर्दै आएको असहाय गाइवाच्छा संरक्षण अभियानले स्थापनाको ५ वर्षको छोटो अवधिमा सडकमा वेवारिसे अवस्थामा र कुकुरले टोकेर घाइते बनाएको र मरणासन्न अवस्थाका गरि आजसम्म १३२ वटा असहाय गाइवाच्छाको उद्धार गरि उनीहरुको उपचार र पालनपोषण गर्दै आएको छ । गोठमा लगेर सयममै औषधि उपचार गर्नाले घाइते गाइवाच्छा मर्ने संख्या न्यून रहेको पुडासैनी बताउँछन् ।

‘आजको मितिसम्म हामीसंग १३२ वटा गाइवाच्छा छन’—संस्थापक उत्तम पुडासैनीले भने । त्यसमध्ये १४ वटा वाच्छी र अरु सबै बाच्छा छन् । महामारीको रुपमा फैलिएको लम्पी स्किन भाइरस रोग लागेर मरणासन्न अवस्थामा जोरपाटीको आरुवारी सडकमा गएको असोजमा भेटिएको गर्भवती गाईको उद्धार गरेर ल्याएपछि ती गाईले दशैंको मुखमा कोरली वाच्छी जन्माएकी छिन् । १० दिन अघि स्वस्थ वाच्छी जन्माएकी गाईको स्वास्थ्य अवस्था भने जटिल रहेकोमा पुडासैनी चिन्ता व्यक्त गर्छन ।