६ श्रावण २०८३, बुधबार
,
Latest
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचार्य बालकृष्णले गरे पाल्पास्थित कामाख्या देवीको पूजा- फोटोफिचर



अ+ अ-

लुम्बिनी । भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले आज पाल्पाको बशन्तपुरस्थित कामाख्या देवीको मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन् ।

करिब ४० वर्षपछि दसैँ मनाउन आफ्नो गृहजिल्ला स्याङ्जा आएका बालकृष्ण आज बिहान रुपन्देहीको बुटवल र पाल्पाको बशन्तपुर जोड्ने लुम्बिनी केबलकार चढेर बशन्तपुर पुगी त्यहाँस्थित कामाख्या भगवतीको मन्दिरमा पूजाअर्चना गरेका हुन् ।

त्यस अवसरमा उनले बशन्तपुर नेपालका मात्र नभएर भारतका र विशेषगरी भारतको उत्तर प्रदेशका नागरिकको पनि एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने बताएका थिए ।

उनी त्यहाँ पुग्दा नेपाल र भारतका पत्रकारहरु पनि सो मन्दिरमा पुगिसकेका थिए । उनलाई सो मन्दिरमा बुटबल केबलकारका अधिकारीहरुले स्वागत गरेका थिए ।