१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पूर्वराजासँग टिका लगाऔँ, राष्ट्रपतिको टिका बहिष्कार गरौँ: कारण सहित रवीन्द्र मिश्र

पूर्वराजासँग टिका लगाऔँ, राष्ट्रपतिको टिका बहिष्कार गरौँ: कारण सहित रवीन्द्र मिश्र
फाईल फोटो
अ अ+ अ-

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दशैंमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका बहिष्कार गर्न आव्हान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलको टिका बहिष्कार गरौँ , किन भन्दै बिभिन्न कारणहरु मिश्रले साामाजिक संञ्जालमा राख्नु भएको छ ।

मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट टिका ग्रहण गर्ने जानकारी गराउदै पूर्वराजा शाहसँग टिका लगाउनुको सात कारणसमेत खुलाउनु भएको छ ।

राष्ट्रपति पौडेलको टिका बहिष्कार गरौँ – किन?

१) राष्ट्रपतिको संस्था सबैको अभिभावक हुनु पर्ने हो। तर गणतन्त्रले ३ जना राष्ट्रपति पाइसक्दा ती सबै पार्टी, गुट र नेताका भए – देशका भएनन्।

अब त झन सबै पार्टीले जटील समयमा राष्ट्रपति किन “आफ्नै मान्छे” हुन पर्दोरहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै संभावना छैन। “राष्ट्र र राज्य”को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ।

२) त्यसमाथि हालै संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी पाएको ब्यक्तिले जेलबाट मुक्त भएको केही )प्तामै घाँटी काटेर रूकुममा एक महिलाको हत्या गरेको घटना ताजै छ।

त्यसैगरी पौडेलले नै दिऊँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरीदिए। ती जघन्य अपराधीको मात्र हैन, सजायाँ माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको छ।

३। असत्यमाथि सत्यको जीतको प्रतिकका रूपमा मनाइने बडादशैँको मुखमा राष्ट्रपतिले गरेको उक्त ‘पाप-कर्म’ आम-जनताबाट कसैगरी अनुमोदन हुनु हुँदैन। देश बनाउने आदर्शको कुरा गर्ने अनि देखादेख पीडितको आलो घाऊमा नुन-चुक छर्किने?

४) राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई यस पटक सबै आम सर्वसाधारणले वहिष्कार गरेर उनलाई उनको ‘पाप-कर्मु को नैतिक सजायँ दिऊँ। यसले चीरकालसम्मका लागि नेपालको राजनीतिमा एउटा अर्थपूर्ण सन्देश दिनेछ।

५) हामीले यस्ता किसिमका भद्र अवज्ञाहरू गर्न सकेको भए हजारौँ निहत्था नेपालीको ज्यान लिने जघन्य अपराधीहरू सत्तामा पुगेर दशकौँसम्म राज्य लूट मच्चाउन पाउँदैनथे। अपराधको यो हदको सामान्यीकरण हुन पाउँदैनथ्यो।

अपराधीहरू सत्तामा हैन, जेलको कालकोठरीमा हुने थिए। अनि जघन्य अपराधीलाई सेटिङ्गमा कैदमाफी दिने हिम्मत कसैको हुँदैन्थ्यो।

त्यसैले फेरी दोहोऱ्याउँस् राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई वहिष्कार गरौँ। उनलाई ‘पाप-कर्म’ को नैतिक सजायाँ दिऊँ र सिङ्गो राजनीतिक वृत्तलाई भद्र अवज्ञाको शक्ति एकपटक देखाइदिऊँ। अति भइसक्यो!

पूर्वराजा ज्ञानेन्द्र शाहसँग टिका लगाउनुको सात कारण

हो, जाँदैछु, जीवनमा पहिलो पटक

राजाको हातबाट टिका लगाउँदैछु!

पाँच कारण दिँदै राष्ट्रपतिको हातबाट टिका नलगाउन हिजो आग्रह गरेपछि, कतिपयले सोधे: राजासँग टिका लगाउन जाने हो त? उत्तर: हो, जाँदैछु – छोटकरीमा भन्दा, सात कारणले जाँदैछु।

१) गणतन्त्रको नाममा धेरै कुकर्म सहियो तर “राष्ट्र र राज्य”को क्रमिक र डरलाग्दो क्षयीकरण सहन सकिएन।
अरू जे सहे पनि यिनीहरूलाई देश नै ध्वस्त पार्न र भावी पुस्ता देशमा बस्नै नसक्ने बनाउन चाहिँ बुद्धि र बर्कतले भ्याएसम्म दिइँदैन।

बाँकि त मान्छेको जस्तै देशको पनि भाग्यरेखा हुने रहेछ। देशकै ग्रह ठिक छैन भने त कसको के लाग्छ र!

२) कि राजनीति नै गरिँदैन, गर्ने हो भने त्यो भावी पुस्ता र देशको दिर्घकालीन हितलाई ध्यानमा राखेर मात्र गरिन्छ। अग्रगामीका अगाडि ओभानो देखिएर चुनाव जित्ने चेष्टा गरिन। भविष्यमा पनि “व्यक्ति जित्ने देश हार्ने” राजनीति गर्दिन। व्यक्तिगत आकांक्षा पुर्ति गर्न पापको भारी बोकेर मर्दिन – त्यसमा प्रष्ट छु।

३) “राजनीतिक रूपमा असफल भइएला, राजनीतिक भविष्य संकटमा पर्ला, चुनाव नजितिएला” भनेर राजसंस्थाको आवश्यकता वोध गरेर पनि नबोल्ने बरिष्ठदेखि कनिष्ठ र पुरानादेखि नया नेताहरू यति भेटेको छु कि तपाईंले विश्वास पनि गर्न सक्नुहुन्न। त्यस्ता नेताबाट भावी पुस्ता र यो देशको भविष्य बन्छ भन्ने आशा राख्नुभएको छ भने त्यो पूर्णत: भ्रम हो।

४) एकजना राजालाई बदला लिन खोज्दा जानी-नजानी नयाँ/पुराना सबै राजनीतिक दल र नया/पुराना सबै नागरिक समाजको “प्रचण्डीकरण” भयो। विभिन्न रङ्गका “प्रचण्ड पथगामी”हरूले अलिअलि फोहोर बढारेको देखिए पनि त्यसले कुनै हालतमा देशको दिर्घकालीन हित गर्दैन। देशको भूराजनीतिक र आन्तरिक जटिलताहरू धेरै गम्भिर बनिसकेका छन्।

५) त्यसैले यो देशमा भोली संकट आएको स्थितिमा सम्हाल्न “कुशन संस्था”का रूपमा राजसंस्था चाहिन्छ। त्यसका लागि २०४७ सालको संविधानमा टेकेर त्यसैलाई परिमार्जन गर्दै एकले अर्कोलाई निषेध नगरी राजा, राजनीतिक दल र जनताका बीच शान्तिपूर्णसंक्रमण मार्फत नवीनसमझदारी मा जानुको विकल्प छैन।

६)नवीनसमझदारी मा नजाने हो भने यो देशको भविष्य छैन। अब त खाडी, दूरपूर्व, पश्चिम योरोप, अमेरिका, अस्ट्रेलियामात्र होइन, मध्य एशियादेखि पूर्वी योरोपसम्मका देशहरूले पनि नेपाली कामदार लिन थालेका छन्। भविष्य नै नभएको देशमा कोही नबसे हुन्छ — देशभक्तिका नाममा सबैलाई आफू र आफ्नो परिवारको जीवन बर्बाद गर्न सल्लाह दिईँदैन। जसले जेसुकै भनुन्।

७) आफ्नो लागि होइन। राजाको लागि पनि होइन। यो गौरवमय इतिहास बोकेको देशको र देशका बहूसंख्यक युवाको भविष्यका लागि शान्ति, स्थिरता, धर्म, संस्कृति, सभ्यता तथा एकताका प्रतिक राजसंस्थाका प्रतिनिधि राजा ज्ञानेन्द्रको हातको टिका लगाउन भोली आश्था र विश्वासका साथ निर्मल निवास गइन्छ। कसैलाई केही भन्नु छ?