२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा मारिएका तीन विद्यार्थीको शव नेपाल आइपुग्यो, एउटा शव दिउँसो १ बजे आइपुग्ने



अ+ अ-

काठमाडौं । इजरायल युद्धमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थी मध्ये ३ जनाको शव नेपाल आइपुगेको छ ।

आज विहान ३ जनाको शव त्रिभुवन विमानस्थलमा आइपुगेको हो । उनीहरुको शव छुट्टाछुटै जहाजमा ल्याइएको विमानस्थलले जनाएको छ। चार जनाको शव एकैपटक ल्याउने भनिएपनि एउटा शव दिउँसो १ बजे काठमाडौं आइपुग्ने बताईएको छ ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थी मध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेश राज विष्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो १ बजे मात्रै आइपुग्ने इजरायलस्थित नेपाली दुतावासले जनाएको छ ।