५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र जापानको खेल वर्षाका कारण रोकियो



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ ।

खेलको २५ ओभर सुरु हुँदा वर्षाका कारण खेल राकिएको हो । नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको छ । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडेका छन् । उनले ७० बलमा १० चौका र दुई छक्काको मद्दतमा ७९ रन बनाएका हुन् ।

त्यस्तै दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । अर्जुन कुमाल १० रनमा आउट भए । हाल क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल छन् । आकाशले ३५ रन बनाएका छन् भने देवले आठ रन जोडेका छन् ।

यस खेलको विजेता यही कात्तिक ७ गते हुने फाइनल खेलका लागि छनोट हुनेछ । प्रतियोगिताको शीर्ष तीन टोलीले पाकिस्तानमा हुने यु–१९ एसिया कप खेल्नेछन् । रासस